
Thursday, March 12, 2009
राजनैतिक धराताल हुदै नेपाली चलचित्र तर्फ
हामि नेपालीहरु विश्वको कुना-कुनामा छरिएर बसेका छौ । यसरी छरिएर बस्ने क्रममा कोही नेपाली भाषी भएर कुनै ठाउँमा जिवन विताइरहेको छौ । यसरीनै जिवन विताइरहेका हामि नेपाली भाषीहरु कुनै ठाउँको गहनाभएर आफ्नो नेपाली पन देखाउन कोही पनि कमि छैनौ । यसरीनै बसोवास गर्ने नेपाली भाषी नेपाली चेलीहरुले नेपालको सिरलाई उच्च राख्न आफ्नो भुमिका निभाइरहनु भएका चेलीहरु मध्ये एक नेपाली चेली हुन तिर्थ राई सिक्किमलाई आफ्नो जन्म थलो अनि कर्म थलोको बनाएर नेपाललाई माया गर्ने उनि एक बहुप्रतिभाशाली ब्यक्तित्व हुन् ।
भौगोलिक हिवाबले उनी सिक्किमेली मूलका नेपाली हुन् । तर उनको नेपाली गीत संगीत कला तथा साहित्यिक सिर्जनाले गर्दा उनलाई नेपाली मुटुको स्पन्दनमा पाएका छौं ।हामी माझ कला गीत संगीत साहित्य भाषा लिपि धर्म भेषभूषा भौगोलिक अवस्था साथै जाति एकताको भावना हिजो देखि नै अति समीप र भरोसायोग्य हुनाले आजा यो सुमधुर सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ । यति मात्र भन्दा अन्याय गरेजस्तो होला । हिजोबाट सिक्किमी वासी नेपाली भाषी सर्जक तथा स्रष्टाहरुको योगदान हामी माथि गुण र ऋण दुवै थपिएको छ । यही गुण र ऋणलाई चुलाउनका लागि उदाउनु भएको छ तिर्थ राई ।सन् १९७८ मा फामताम दक्षिण सिक्किममा पापा श्री बहादुर राई र आमा श्रीमति भगीमाया राईको कोखाबाट जन्म लिई स्नातक सम्मको उच्च शिक्षा हासिल गरिसकेको तीर्थको सन १९९९ मा श्रीमान वी।एस। सुब्बासँग बैवाहिक जीवनसूत्रमा बाँधीएका यी जोडी हाल एक छोरी सुश्री अमिता सुब्बाका पापा र मामु बनीसकेका छन् । सन् १९९९ देखि नै सिक्किम डेमोक्रेटिक प्रुन्टको सकि्रय सदस्यता प्राप्त गरि विभिन्न संघ संस्था तथा कार्यक्रमहरुमा कार्यक्रम संयोजक लगायत सभापतित्व भूमिका सफलताका साथ ग्रहण गर्दै चेली मोर्चाको राज्यस्तरको सचिव भई काम गरिसकेकी तीर्थ राईलाई हाल सिक्किम महिला आयोगमा सिक्किम सरकारले सन् २००७ मा सदस्यमा नियुक्त गरिसकेको छ । ूराजनीतिले मलाई सेवा गर्न सिकायो वहाँको भनाई छ । हरेक ठाउँका विभिन्न तह र तप्काका मानिसहरुसँग प्रत्यक्ष सरोकार राख्न मद्दत मिल्यो । आखिर हामीले सेवा गर्नु गरीवि र पिछडिएकाहरुलाइ नै रहेछ ।ू उनले आफ्नो अनुभव सुनाईन । वेन नाम्प्रीक दक्षिण सिक्किममा अवस्थीत काचनजङ्घा संस्थाको सन् २००७ देखि उप-सभापति रहनुभएकी तीर्थ-ूयदि अवसर पाएमा नारी गृहणीमा मात्र सीमित नरही हरेक क्षेत्रमा आफूलाई स्थापित गराउन सक्छे ।ू नहिच्किचाइ भन्छिन् ।यसरी राजनैतिक क्षेत्रमा कि्रयाशील रहेर पनि लामो समयदेखि आफ्ना थुप्रै सिर्जनाहरुलाई विभिन्न कार्यक्रमहरुलगायत पत्र-पत्रिकाहरु पुस्तकहरुका अलावा गीति एल्बम माझ आफ्नो दह्रो उपस्थिति जनाईसकेकी छिन् । यही सिलसिलामा भर्खरै मात्र आफ्नो गीत रचनामा स्थापित नेपाली गायकगायिकाहरु दीपक लिम्बू जगदीश समाल रीमा गुरुङ भीषण मुकारुङ आभा मुकारुङ भुवन सुक्तिहाङ निमा लामा र सुष्मा सुब्बाका कर्णपि्रय स्वरहरु लिपिबद्ध गरी एक आधुनिक गीति एल्बम ूविश्वासू बजारमा ल्याईसकेकी छिन । यसरी राजनैतिक धरातालबाट संगितिक क्षेत्रमा प्रवेश जनाउन सफल नेपाली भाषी चेली अहिले एक नेपाली फिल्मको निर्माण कार्यमा जोडतोडका साथ कम्मर कसेर लागि परेको कुरा सुनाउनुहुन्छ । स्वर्गीय साहित्यकार प्रकाश कोवितको कथा र दुर्गा नेम्बाङको निमार्ण तथा निर्देशन रहने नेपाली कथानक चलचित्र अर्को जन्मको निमार्ताको रुपमा पाउन सकिने छ तिर्थ राईलाई । वहाँ भन्नु हुन्थ ूयी हरेक कार्य क्षेत्रमा म अग्रसर हुनुमा मेरो जागिरे श्रीमानको मुख्य देन लगायत परिवारका सदस्यहरु नातेदारहरु तथा मेरो शुभ चिन्तकहरुको सरसल्लाह सुझाव र निरन्तरको सहयोगले नै हो ।ू केही समयपछि पाठकसामु कविता संग्रह प्रकाशन गर्ने जमर्कोमा छिन उनी । ूसाहित्य मेरो सानो छंदादेखिको सोख हो । साहित्यले आफ्नो धरातलको बोध गराउँदो रहेछ ।ू उनी भन्छीन् । फुस्रदको समय केही राम्रा-राम्रा पुस्तकहरु प्ाढ्नु र सिर्जना गर्न रुचाउने यी साहसिक चेलीको यात्रा कहिले नरोकियोस । सफलताको लागि शुभकामना

Posted by
Milan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।