Thursday, March 12, 2009

थारु आन्दोलन प्रतिगामी- मन्त्रि गुप्ता

२९ फागुन- विराटनगर , कृषि तथा सहकारी मन्त्रि जयप्रकाशप्रसाद गुप्ताले थारुहटले गरेको आन्दोलनले प्रतिगमनको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । आज विराटनगरमा मधेशी जनअधिकार फोरमले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्रि गुप्ताले थारुहटको माग सहित सुरु भएको आन्दोलनले मुलुकलाई अग्रगमनमा
नलैजाने दावी गर्नु भयॊ । थारुहरुको आन्दोलन मधेश विरोधी भएको भन्दै उहाले मधेश आन्दोलनबाट
प्राप्त गरेको अधिकारहरु गुम्ने सम्भावना बढेको पनि बताउनु भयो । मधेश आन्दोलनले संघियता प्रादेशिक स्वायत्तता र समावेशीकरणको मागलाई संस्थागत गरेको र अध्यादेश फिर्ता भए यी उपलब्धिहरु गुम्ने बताउनु भएको छ । पटक पटक संघियताको विरोधमा अभिव्यक्ति दिने नेपाली काग्रेंस एमा
जनमोर्चा लगायतका दलहरुले थारु आन्दोलनलाई उकासी रहेको बताउनु भयो । हाले नेपालको इतिहासमा पहिलो पटक जारी भएको समावेशी अध्यादेश जस्ताको तस्तै फिर्ता भए प्रतिमगन हुने खतरा रहेको पनि स्पष्ट पार्नु भयो । अग्रगमनका लागि हुने हरेक आन्दोलनमा मधेशी जनअधिकार फोरमको समर्थन
रहने बताउदै वर्तमान आन्दोलनले प्रतिगमनको नेतृत्व गरेको भन्दै उहाँले थारु र मुस्लिमहरुले चलाएको आन्दोलनमा आफुहरुको समर्थन नरहेको प्रष्ट पार्नुभयो ।
उहाँले जारी आन्दोलन अन्त्य गर्न अध्यादेशमा भएका कमजोरी सच्याउन सकिने बताउनु भएको छ । चैत २८ गते हुने उप निर्वाचको उमेद्धार छनौटको तयारीका लागि विराटनगर आउनु भएका मन्त्री गुप्ताले पत्रकार भेटघाटका क्रममा एक मधेश एक प्रदेश हटाएर एक मधेश थारुहट प्रदेशमा माग गरे फोरम पनि सकारात्म हुने बताउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।