खोटाङ फागुन ३० गते-नयाँ संविधान निर्माणका लागि सर्वसाधारण जनताका राय सुझाव लिनखोटा¨ पुगेका सभाषदहरुको टोलिले आज जिल्ला सदरमुकाम दिक्तेलमा सुझावसंङ्कलन कार्यको उद्घाटन गरेको छ ।सुझाव संङ्कलन ८ नं। टोलिका प्रमुख तथा एकीकृत माओवादीका सभाषदप्रभु शाहको नेतृत्वमा खोटाङ आएका सभाषदहरुले आज जिल्लाका राजनैतिक दलसरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरु र सर्वसाधारण जनताबाटसुझाव लिएका छन् ।सुझावका क्रममा अधिकांश वक्ताहरुले जनताका सुझावहरुलाई संविधानमाउल्लेख गर्न सभाषदहरु गम्भिर भएर लाग्नु पर्ने सुझाव दिए । वक्ताहरुलेसंघीयतामा आधारीत गणतन्त्रात्मक राज्य निर्माणमा लागि पर्नु पर्ने बताउदैनेपाललाई समृद्ध बनाउन पुराना राज्य संरचनालाई पुनसंरचना गरी नयाँ स्वरुपमाअगाडि बढ्दा जनताको भावना समेटिने बताउनु भयो ।सुझावकै क्रममा वक्ताहरुले जातीय क्षेत्रीय र भूगोलको आधारमा प्रान्तीयराज्य निर्माण गर्नुपर्ने बताउँदै जनताका सुझाव अब बन्ने सातौं संविधानमासमान प्रतिनिधित्वका साथ उल्लेख गर्नु पर्ने सुझाव दिए ।सुझाव संङ्कलन गर्न एकीकृत नेकपा माओवादीका सभाषद प्रभु शाहविरेन्द्र पासवान समिता कार्की दुर्गा जयन्ती राई नेपाली कांग्रेसका सभाषदहिरा गुरुङ्ग एमालेका सभाषद उषाकला राई र राष्ट्रिय जनशक्तिका सभाषद अर्जुनराई खोटाङ आईपुग्नु भएको हो ।उक्त टोलिले चैत्र २ गते देखि गाउँ गाउँमा गएर सुझाव संङ्कलन गर्ने बताईएको छ ।
Friday, March 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।