Friday, March 13, 2009

बन्दले जनजीवन प्रभावीत

ठमाडौं ३० फागुन-१२ दिन देखिको लगातारको वन्दले आज पनि तराईको जनजीवन प्रभावित बनेकोछ । बन्दका कारण सर्बसाधारणले सास्ती खेप्नुपरेको छ । बन्दका कारणवजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको र मूल्य आकासिएको छ ।पेट्रोलियम पदार्थको पनि वजारमा चरम अभाव देखिएको छ । खाद्यान्न ढुवानीहुन नसक्दा पहाडी जिल्लाहरु समेत वन्दको मारमा परेको हाम्रा सहकर्मीहरुलेजनाएका छन् ।थारु समुदायको अनिश्चितकालीन बन्दको आज एघारौं दिन पनि पुर्वााचलमायातायात वजार पसलहरु ठप्प रहेका छन् ।लगातारको बन्दले सवारी साधन गुड्न नसक्दा र वजार पसल खुल्न नसक्दाजनजिवन अस्तब्यस्त भएको छ ।बन्दले सिराहाउदयपुर सप्तरी सुनसरी र मोरङ जिल्लाको जनजिवन कष्टकारबनेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।उता राप्ती अाचलका रुकुम रोल्पा सल्यान र प्युठानमा समेत खाद्यान्न संकट शुरुभएको वताइएको छ ।बाजुरा मुगु र हुम्ला बाट उपचारका लागी तराई जिल्लामा जान लागेका सयौंबिरामी अछामको साँफे बगरमा अलपत्र परेका छन् ।खाद्यान्न ढुवानी नहुँदा पहाडी जिल्लामा खाद्यान्नको अभाव सँगैं प्रहरीनेपाली सेना र जनमुक्ति सेनाका ब्यारेकहरुमा पनि खाद्यान्न्ा अभाव बढ्दै गएकोहाम्रा सहकर्मीले जनाएका छन् ।बन्दले नबलपरासीमा एसएलसी टेष्ट परिक्षा कक्षा आठको जिल्ला स्तरिय परिक्षा रबार्षिक परिक्षा समेत स्थगित गरिएको छ ।सरकारले अध्यादेश ल्याएर मधेशी समुदायमा थारुलाई सुचिकृत गरेको विरोधर तत्काल अध्यादेश फिर्ता लिन माग गर्दै थारु समुदायले अनिश्चितकालिन तराईबन्द गर्दै आएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।