सुनसरी चैत्र २-सुनसरी जिल्लामा सत्तर प्रतिशत पशुहरुमा नामले रोग देखा परेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ ।नाम्ले रोग देखा परे पछि पशु सेवा कार्यालयले कृषकहरुमा सचेतना अभियानथाल्ने भएको छ । नाम्ले रोग पानीबाट भिजेको घाँस र परालबाट सर्ने परजीिवहो । पशुमा उक्त रोग देखा पर्ने गरेको कार्यालयका प्रमुख डाक्टर रामकुमारमण्डलले जानकारी दिनु भयो ।सुनसरीमा गोरु गाई भैसी राँगा गरी ५ लाख बढीको संख्यामा रहेको जसमध्ये ७० प्रतिशतमा नाम्ले रोग देखा परेको उहाँले बताउनु भयो । पछिल्लोपटक आज सुनसरीको सिमरीया गाविस स्थित बुद्धचोकमा आयोजना गरिएको निशुल्कपशु स्वास्थ्य परिक्षण शिविरमा जाँच गर्दा समेत अधिकाँस पशुमा सोही रोगदेखा परेको छ । शिविरमा औरावनी सिमरीया तनमुना भलुवा र सोनापुरलगायतका गाविसका पशुको परिक्षण गरीएको जनाएको छ ।
Saturday, March 14, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।