Saturday, March 14, 2009

धार्मिक स्थल हलेशीबजारमा चाडै विद्युत्

देश भरका जनताले लोडसेडिङको समस्या भोगि रहनु परेपनि पूर्वकोपशुपती नाथको नामले परिचित खोटाङको हलेशीका समुदाय भने उज्यालोमाबसिरहेका छन् । यस क्षेत्रका जनताहरु वैकल्पीक उर्जा श्रोत जेनेरेटरबाटउज्यालोमा बसेका हुन् ।वैकल्पीक उपाय अपनाएर उनिहरु उज्यालोमा मात्र बसेका छैनन् फोटोकपीकम्प्युटर फ्याक्स लगायतका सेवा पनि लिई रहेका छन् । बिजुली नपुगेको त्यसठाउँमा जेनेरेटरबाट अहिले सम्म ५० घर परिवार उज्यालोमा बसिरहेकोबताईएको छ । त्यहाँ अझ बक्ति बाल्ने क्रम जारी छ । स्थानीयहरुका अनुशारहलेशीका वडा नं। ४ र ५का समुदायले सुविधा पाईरहेका छन् । स्थानीयसमुदायको सहकार्य र गाउँमै आर्थिक संङ्कलन गरी यो प्रविधि अपनाईएको हो ।धार्मिक र साँस्कृतिक महत्व बोकेको हलेशीमा अहिले सम्म सरकारले विद्युतविस्तार गर्न ध्यान नपुर् याउँदा अल्पकालीन समाधान गर्नका लागि यो वििधअपनाएको स्थानीय समाजसेवी रत्नकुमार राईले बताउनु भयो । यो प्रविधिबाटविद्युत सेवा उपलब्ध भएपछि व्यापार व्यवसाय साथै अन्य कामकाज सहज भएको स्थानीयव्यापारी प्रेमसुन्दर श्रेष्ठले बताउनु भयो ।घरधन्दा गर्नका लागि मट्टितेलबाट चलाईने क्रपीको मधुरो प्रकाशबाट कामगर्नुपर्ने वाध्यता घर उज्यालो भएपछि मुक्त भएको गृहिणी रेजन राईले बताउनुभयो । जिल्ला सदरमुकाम दित्तःेल देखि दश घण्टाको पैदल यात्राबाट पुगिनेहलेशीमा फ्याक्स सेवा र कम्प्यूटर सेवा पनि साचालनमा आएको छ । यस्ता समानहरुसाचालनमा आएपछि त्यस क्षेत्रका कर्माचारी र सर्वसाधारण लाभान्वीत भएका छन् ।विशेषतः विकासका पूर्वाधार बाट पछाडि रहेको खोटाङका धेरै गाविसमा विद्युतलाईन सरकारले पुर् याउन नसके पनि हलेशी क्षेत्रका लागि भने चाडै नै विद्युतउपलब्ध गराईने विद्युत प्राधिकरण खोटाङ शाखाले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।