Friday, March 13, 2009

कुनै पनि हालतमा बर्ता हुन दिदैनौ

दमक ३० फागुन-संघीय बिद्यार्थी युपनयनले न्जिकिदै गएको स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव पुरानै ढाचामा हुने हो भने कुनै पनि हालतमा हुन नदिने बताएको छ । युनियन द्धारा शुक्रबार झापाको दमकमा गरिएको पत्रकार सम्मेलनमा देश संघीय लोकतान्त्रिक पद्धतीमा अगाडी बढिरहेको समयमा स्ववियुको चुनाव पुरानै तवरमा सम्पन्न गर्न लागिएको कारण त्यस प्रकारको सस्कारलाई भङ्ग गरि नयाँ सस्कार बसाल्नको लागी धेरै समय अगाडीनै त्रिभुवन बिश्वबिद्यालयलाई बिभिन्न १८ बुद्धे माग पत्र बुझाए पनि पनि आफ्नो माग प्रति वेवास्ता गरिएको सो जानकारी दिइएको छ । सम्मेलनमा बोल्दै युनियनका महासचिव चन्द्र गोपाल चेम्जोङले चुनावमा लिम्बूवान भोलेन्टीयस्र प्रगोग गरेरै भएपनि बुथहरु कब्जा गरेर चुनाव बिथोल्ने बताउनु भएको छ । कार्यक्रम मार्फत स्थानिय स्तरमा भएको सहमतिहरु समेत भङग गरि स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा चैत १ गते देखि अनिश्चितकालीन तालाबन्दी ५ गते लिम्बूवानको ९ ओटै जिल्लाहरुमा मसाल जुलुस र ६ गते पूर्ण यातायात बन्द गर्ने लगायतका कार्यक्रम सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनको केही समय प्रस्चा दमक क्षेत्रका विभिन्न बिद्यार्थी संगठनहरुले चुनाव गराउने बातावरण तउारी गर्नको लागी युनियन संग वार्ता गरे पनि वार्ता निस्कर्ष विहिन भएको थियो । फेरी पनि सोही बिषयलाई मध्यनजर गर्दै भोली बिभिन्न बिद्यार्थी संगठनहरुका मातउ पार्टीहरु र युनियनको मातृ पार्टी माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद संग बार्ता गर्ने तयारी भएको अखिल क्रान्तिकारीका महेन्द्र भट्टराईले जानकारी दिनु भएको छ । यसरी युनियनको तालाबन्दी लगायतका अगाडीका कार्यक्रमहरुका कारण झापाको कुनै पनि क्याम्पसहरुमा उम्मेरद्धारी मनोनयन दर्ता भएको छैन ।
त्यसै गिर
स्ववियू चुनाव स्थगितफागुन ३०आउने चैत्र ६ गते हुने स्ववियू चुनाव दिक्तेल बहुमुखी क्याम्पसमारद्ध भएको छ । चुनावि आचार संहिता निर्माणमा विद्यार्थी संगठन बीच सहमती हुननसके पछि चुनाव रद्द गरिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिले आज सामुहिक राजिनामा दिदै निर्वाचन र निर्वाचनका सवैकाम रद्द गरेको छ । निर्वाचन समितिका सवै पदाधिकारीहरुले क्याम्पस प्रशासन समक्षसामुहिक राजिनामा दिएको निर्वाचन अधिकारी खेम बहादुर खड्काले जानकारीदिनुभयो । यस अघि विद्यार्थी संगठन बीच आचार संहिता निर्माणमा विवाद हुदैआएको थियो ।उत्ता जिल्लाका विद्यार्थी संगठनहरुले भने सर्वसम्मतले निर्वाचन गराउने पहलमाजुटेका छन् । सदरमुकाम दिक्तेलमा बिहिबार बेलुका बसेको विद्यार्थीसंगठनहरुको छलफलले सर्वसम्मतले चुनाव सम्पन्न गराउने निर्णय गरेकॊ थियो ।यसैबिच संघिय लिम्बुवान विद्यार्थि युनियन संम्बद्ध विद्यार्थिहरुले आज विहानपाँचथर बहुमुखि क्याम्पस फिदीममा तोडफोड गरेका छन् । २०÷२५ जनाकोसमुहमा आएका विद्यार्थिहरुले क्याम्पसका डेक्स् ब्रेन्चकुसर्ि लगायत फर्निचरतोडफोड गरेको प्रहरीले जनाएको छ ।आफुहरुले लगाएको ताला फोडी क्याम्पस संचालन गरेको भन्दै उनिहरुलेफर्निचर तोडफोड गरी पुनः क्याम्पसमा तालाबन्दी गरेका छन् । तालावन्दीकाकारण सो क्याम्पसको पठनपाठन र प्रसासनीक काम ठप्प भएको छ ।उनिहरुले समानुपातिक प्रणालीवाट स्ववियु निर्वाचनको माग गर्दै तीन दिनअघि क्याम्पसमा गरेको अनिश्चितकालीन तालावन्दी क्याम्पस प्रसासनले फोडीपठनपाठन सुचारु गरेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।