आगामी चैत ६ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव क्याम्पसप्रशासनले रॊकेको भन्दै अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियूएकीकृत सिम्पानी क्याम्पस ईकाई कमिटि खोटाङले आज क्याम्पसप्रशासनअनिश्चितकालिन तालावन्दी गरिदिएका छन् ।उनिहरुले क्याम्पस प्रशासन समक्ष ज्ञापन पत्र बुझाउँदै नाजायज तरिकालेस्ववियू निर्वाचन रोकेकाले यसको विरुद्धमा संघर्ष थालेको अनेरास्ववियूक्रान्तिकारी का जिल्ला अध्यक्ष दिपक ढकालले बताउनु भयो ।दुई संगठनले आजनै सिम्पानी क्याम्पस परिसर र सिम्पानी बजारमा कोणसभाको आयोजना पनि गरेका छन् । सभामा बोल्दै अध्यक्ष ढकालले यथास्थितीवादीर वुर्जुवा संगठनले निर्वाचनमा जादैनौ भनि क्याम्पस प्रशासनले पनि त्यहीविषयलाई उठाएको भन्दै क्रान्तिकारी र एकीकृतले तत्काल निर्वाचनको मिितघोषणा गर्नका लागि आन्दोलन गर्न वाध्य भएको बताउनु भयो ।यस मागलाई क्याम्पसले वेवास्ता गरेमा अनेरास्ववियू क्रान्तिकारी रअनेरास्ववियू एकीकृत ले विद्यार्थी अनुमोदित स्ववियू घोषणा गर्ने चेतावनीअध्यक्ष ढकालले दिनुभयो ।यता दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा अनेरास्ववियू क्रान्तिकारी काक्याम्पस अध्यक्ष तेजकुमार श्रेष्ठ विवेक ले स्ववियू चुनावको लागि आचारसंहिता निर्माणमा सम्वन्धीत पक्षले ध्यान नदिई स्ववियू चुनाव स्थगित गरिनुविद्यार्थी हक अधिकार विपरीत भएको भन्दै अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ। आज उहाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै यस्तो जनाउनु भएको हो ।यता बरुण बहुमुखि क्याम्पसमा सड्खुवासभामा अखिल क्रान्तिकारीबाट अर्जुनतामाड अखिल र नेविसघको संयुक्त प्यानलबाट ऐर बहादुर तामाडले आजउम्मेद्वारी दर्ता गराएका छन् ।
Sunday, March 15, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।