Sunday, March 15, 2009

विद्युत पनि छैन खेत बाझै छ भोकले मरिनेहोला

अर्को वर्ष भरी खाने नाध रोपने बेला आइ सक्यो तर जम्मा २ घण्टा मात्र बिजुली आउछ कसरी बाली लगाउने आउदो वर्ष त भोकले मरिने परियो नानि भनेर आफ्ना दुःखेसो पोख्ने गर्द झापा दक्षिण पस्चिमी गाविसका वासीहरु । नेपाल बिद्युत प्राधिकरणले दैनिक १२ घण्टामात्र लोडसेटिङ गर्ने बताएपिनजम्मा २२ घण्टा सम्म लोडसेटिङ गर्न थालिसकेपछी गौरीगाज खजुरगाछी माहाभारा शिवगाज जुरोपनि कोरोवारी र कोहवरालगायतका गाविसहरुमा बसोबास गर्दै आएका हजारौ जना स्थापनयवासीहरु यस्तै पिडाले पिरोलिएका छन । महाभारा-१ का गोपवन्द लिम्बू बताउछन खै प्राधिकरणले के गर्न खोजेको हो दिनमा जम्मा २ घण्टा मात्र बिद्युत दिन्छ । हाम्रो क्षेत्रमा ना कुनै कुलो चल्छ न कुनै नहर अथवा पैनिनै सरकारले बनाइलिएको छ । खेत बाझै छ कुनै बालि नाली लगाय भने खेतमा एक थोपा पनि पानि पाउन सकिदैन खेत सबै बाझि सकेको छ । पोरका वर्षहरुमा त काआशे पानिले पनि हिउदे वाली बर्खेवाली लगाने गरिन्थ्यो तर यो वर्ष भने ना आकाशे पानि ना मोटरबाटनै पानि आउछ । मोटरबाट त पनि निकाल्न सकिन्थ्यो होला कुनै पदन पनि २ घण्टा भन्दा लामो समय सम्म लाईनै आउदैन यी कुराहरु माथिका सबै गाविसहरुकावासीहरुको मुखबाट सुन्न समिन्छ । गाउँमा बिद्युत पुगेपछी र नयाँ प्रविधिको रुपमा इलेक्टङक मोटरले समस्त किसानको मान एक पल्ट लोभ्याएको थियो त्यसैका कारणले धेरै वर्ष अगाडी देखि चलाउदै आएका महंगो अनि अप्ठारो पम्पसेटहरु २÷४ हजारमा बेचिसकेका छन । तर भने सुलव र सहज रुपमा जमिनबाट पानि निकालेर देतीपाती गर्ने मनोसाय लिएर इलेक्ट्रक मोटर किन्ने सबै किसानहरु ओकलनु न निल्नु भएर बस्न बाध्य भएको माहाभाराका कृष्ण पौडेल बताउछन । पौडेका अनुसार आजभोली ती गाविसहरुमा कुनै किसानको घरमा पुरानो पानि तान्ने मेसीन पायन सकिन्न । सहज स्पमा बिद्युत आपूर्ती पनि नहुन र सौलियत मुल्यमा डिजल नपाउदा यहाँका जनताहरु ऋाफ्नो खेतमा कुनै पनि प्रकारमा खेती गर्न नपाउदा अर्को वर्ष कसरी बाच्ने हो भन्ने कुरा बाट चिन्तित रहेको पाईन्छ ।त्यसरी नै सहज रुपमा बिद्युत आपुर्ती हुन नसक्दा आफ्नो व्यावसायनै धरासयमा पर्न थालेको एक कुटानी मिल का साचालक हरि गौतम बताउछन । गौतक भन्नु हुन्छ दिनको १६ घण्टा सम्म लोडसेटीङ हुदा सम्म धान कुटानको लागी मिलमा मानिहरुको भिड हुन्थ्यो तर अहिले लाई पनि हुदैन कुनै मानिसहरु पनि आउदैनन दिनमा तेल मसला किन्न समेत पैसा जम्म हुन छनडेकको छ । यसरी कुटानी पिसानी कर्य बन्द भए प्रस्चात गाउँमा भएको कुनै-कुनैको घरमा गएर ढिकी जातो गर्नु पर्ने भएकोले झनै आफुहरु मारमा परेका स्थापनय नन्दमाया राईको भनाइ रहेको छ । यसरी बिद्युत आपुर्ती नभए प्रस्चात ती गाबिसहरुका वासीहरुले आइतबार नेपाल बिद्युत प्रधिकरण दमक शाखामा सहज रुपमा विद्युत आपुर्ती हुनु पर्ने समान रुपमा लोडसेटीङ गरिनु पर्ने लगायतका विभिन्न प्रकारका मागहरुका साथ नारावाजी गर्दै धर्ना दिएका छन । तर ति जनताहरुले रोको माग पुग्ला या नपुग्ला यो भने हेर्न बाकी नै छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।