दमक ६ चैत-भारतको नक्सलबारी नजिक लालपुलमा बुधवार राति भएको सवारी दुर्घटनामा पसर तीन जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ । भारतको सिलिगुडीबाट काकरभिट्टा आउदै गर्दा उनीहरु सवार भारतीय नम्बरको जीप सडक किनारमा थुपारिएको ढुंगामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना परि मृत्यु हुनेमा झापा मेचीनगर १० का रविन सुब्बा मेचीनगर ११ का सन्तोष बुढाथोकी र सानुभाई दर्जी रहेका छन । घटनामा एक जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायव निरीक्षक लेखनाथ दाहालले जानकारी दिनु भएको छ । दहालका अनुसार राति अवेरसम्म नआएकाले मृतकहरुको पहिचान विहिवार विहान मात्र भएको हो । त्यसै गरि केही दिन अगाडी मात्र रेल दुर्घटनामा परि भारतको किसानगाजमा दुई नेपालीको ज्यान गएको छ । झापको खजुरगाछी-६ का उपिन मण्डल र उनका छोरा बिरेन्द्र मण्डलको सोमबार रेलको ठक्करबाट मृत्यु भएको हो । उनिहरु ब्यापारका लागि कपडा किन्न त्यस ठाउँ गएका स्थानिय बिजय अग्रवालले जानकारी दिनु भएको छ । अग्रवालका अनुसार मृतकहरुको साथमा २ लाख रुपैया नगद र होन्डा कम्पनिको साइन मोटरसाइकल रहेको भए पनि ती सामान भने फेला पर्न सकेको छैन ।
Thursday, March 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।