संघीय बिद्यार्थी युनियन र संघीय बिद्यार्थी परिषदले आवाहान गरेको बन्दको कारण पूर्वको जनजिवन प्रभावित भएको छ । स्जतन्त्र बिद्यार्थी युनियनको निर्वाचन समानुपातिक प्रकृयामा हुनु पर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेको दुई संथठनहरुले निर्वाचनमा दखल पुर् याउने उदेश्यले बन्दको आवाहान गरेको हो । बन्दको कारण पूर्वका झापा इलाम पान्थर ताप्लेजुङ मोरङ र सुनसरीमा बिहिबार कुनै पनि यातायातका साधनहरु नचल्दा जनजिवन प्रभावित भएको हो । बिहिबार बिहानै देखि यातायात बन्द हुदा विभिन्न ठाउँको गन्तव्य लिएर निस्कीएका यात्रुहरु बाटोमै अलपत्र परेका थिए । बन्द आवाहान कर्ताहरु बाटोमा झण्डा गरेर बसेका कारण मोटरसाईकल सम्म पनि चल्न नदिदा झनै सर्वसाधारण बिचल्लीमा परेका हुन । तर भने बिद्यालयको यातायात र एम्बुलेन्स लगायतका साधनहरु भ्ने सहव रुपमा साचालनमा आएको छ ।
Thursday, March 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।