Tuesday, March 17, 2009

चैत २४ गते देशभर माओवादीद्वारा आमसभा

एकीकृत नेकपा (माओवादी) को आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यही चैत २४ गते देशका आठवटा ठूला सहरमा आमसभा गर्ने निर्णय गरेको छ ।
माओवादी स्रोतका अनुसार ती सभामा काठमाडौँको खुलामञ्चमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री 'प्रचण्ड', पोखरामा अर्थमन्त्री एवम् पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई , विराटनगरमा पार्टीका वरिष्ठ नेता एवम् रक्षामन्त्री रामबहादुर थापा र बुटवलमा नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुनेछ । यस्तै दाङमा आयोजना हुने सभामा सूचना तथा सञ्चारमन्त्री एवम् पार्टी नेता कृष्णबहादुर महरा, नेपालगञ्जमा कानुन,न्याय तथा सविधानसभा व्यवस्थामन्त्री देवबहादुर गुरुङ, कञ्चनपुरमा नेत्रविक्रम चन्द र जनकपुरमा लीलामणि पोखरेलले सम्बोधन गर्नुहुनेछ । माओवादीले चैत २४ गतेलाई जनआन्दोलन दिवस मान्दै आएको छ । बैठकले चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि पार्टी केन्द्रका तर्फाट निर्वाचन परिचालन संयोजक पनि तोकेको छ । ती संयोजकमा कञ्चनपुरमा नेत्रव्रि्रम चन्द, कास्कीमा टोपबहादुर रायमाझी, रोल्पामा वर्षान पुन, धनुषामा लीलामणि पोखरेल र मोरङमा हरिबोल गजुरेल हुनुहुन्छ ।
बैठकले पार्टी सङ्गठन विभाग प्रमुख मोहन वैद्य 'किरण'को संयोजकत्वमा पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन र परिचालनका लागि आवश्यक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा नेताहरु पुन, चन्द र पोखरेल रहनुभएको छ ।बैठकले नेपाली सेनाका जनरलहरुलाई रक्षा मन्त्रालयले दिएको अवकाशलाई स्वागतसमेत गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।