Tuesday, March 17, 2009

युथ थि्रस्टार फाइनलमा

युथ थि्रस्टार काठमाडौं मोरङको इन्द्रपुर विराटचौकमा आयोजित नेपाल भारत आमन्त्रित प्रथम केविआरयु कन्दङ्वा रनिङ गोलकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।आज भएको अन्ति सेमीफाइनल खेलमा आयोजक सगरमाथा फुडबल क्लब विराटचौकलाई ट्रइवेकरमा ६-३ ले पराजित गर्दै युथ थि्रस्टार फाइनलमा प्रबेश गरेको हो ।खेले अवधिभर दुवैटिम दुई बराबरी भएपछि ट्राइवेकरको सहायताले थि्रस्टार फाइनलमा पुगेको हो । खेल अबधिमा थि्रस्टारका टंक लामा भुपेन्द्र राउतले गोल गरेका थिए भने आयोजक सगरमाथाका कमल खवास र याकुव राईले गोल फर्काएका थिए ।ट्राइवेकरमा युथ थि्रस्टारका प्रविन कार्की विवेक गुरुङ सोनाम लामा र केशव शेरचनले गोल जालि चुमाएका थिए । आयोजक सगरमाथाको याकुव राईले गोल गरेपनि विषाल तामाङ र नवीन गुरुङले आउट हानेपछि थि्रस्टार फाइनलमा पुगेको हो । आजको खेलको म्यान अफ द म्याच आयोजक टिमको कमल खवास घोषित भएका छन् । भोलि उपाधिको लागि झापाको नाइटचेस फुटबल क्लब काकडभिट्टा र युथ थि्रस्टार काठमाडौबीच भिडन्त हुनेछ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।