Sunday, March 29, 2009

अपराधी पक्रने प्रहरी कारवाहीमा

जनविद्रोह फलोअप

इटालियन पेस्तोल भिरेको अवस्थामा युथफोस्रका कार्यकर्ता पक्राउ गर्ने वडा प्रहरी कार्यलयका प्रहरी धरानका प्रमुख कार्वाहीमा परेका छन् ।धनकुटा युथफोस्रका सहसंयोजक दिलीप रायमाझी सहित चारजनालाई पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गर्ने वडा प्रहरीका नायव निरीक्षक सिताराम मण्डललाई कारबाही स्वरुप सरुवा शनिबार गरिएको छ ।गृह मन्त्रालय सम्हालेको दल एमालेको कार्यकर्ताहरुलाई हतियारसहित पक्राउ गर्ने मण्डललाई अाचल प्रहरी कार्यालय धरानमा लगेर उनको ठाउँमा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रका विजय राईलाई ल्याइएको छ । राईले शनिबारदेखि नै वडा प्रहरी धरानमा आएर जिम्मेवारी सम्हालेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।हतियारसहित अपराधी पक्राउ परेका युथफोस्र कार्यकर्ताहरुलाई भने एमालेको दवाव र गृह मन्त्रालयको ठाडो आदेशमा बिहीबार राति नै प्रहरीले रिहा गरिसकेको छ । अपराधी पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गर्नुको सट्टा अपराधीलाई छाडेर प्रहरीलाई नै कारबाही गरिएको घटनाले प्रहरी बृतमा निराशा र असन्तोष छाएको छ । ुहाम्रोभन्दा राम्रो पेस्तोल कम्मरमा बोक्नेलाई कानून मिलाएर छाडेपछि प्रहरीले के ड्युटी गर्नुु एक प्रहरी अधिकारीले भने । आपुूहरु घाइते भएर समातेको अपराधीलाई रिहा गरेर उल्टै प्रहरीमाथि कार्वाही गर्ने नेतृत्वले जनताको जीउधनको सुरक्षा गर्ने कुरा असंभव रहेको उनले बताए । धरानको जिरोपोइन्टस्थित मंगोलियन हट रेष्टुरेन्टमा युथफोस्रको टोलीलाईसमात्न जादा भएको झडपमा एक प्रहरी जवान घाईते समेत भएका थिए । प्रहरीले थप सुरक्षा मगाएर रायमाझी गुप्तराज तुम्वा मौसम मादेम्बा र दिलीप राईलाइ पक्राउ गरेको थियो । वडा प्रहरीको सकृयतामा पक्राउ परेका रायमाझीको कम्बरबाट प्रहरीले पेस्तोल बरामद गरेको सोही दिन सार्वजनिक गरेको थियो ।पक्राउ परेकाहरुलाई रिहा गर्न गृह मन्त्रालय र एमालेको स्थानीयदेखि केन्द्रसम्मबाट दबाव आएपछि इलाका प्रहरी कार्यालय धरानले गलत मुचुल्का बनाएर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इनरुवा पुर् याएको थियो । उक्त मुचुल्कामा सो हतियार युथफोस्र कार्यकर्ताको कम्मरबाट नभई नजिकैको झोलाबाट बरामद गरिएको लेखिएको छ ।पक्राउ परेका रायमाझिको साथबाटै पेस्तोल बरामद भएको जानकारी प्रहरी नायव निरीक्षक मण्डलले साचारकर्मीहरुलाई दिनुभएको थियो । पक्राउ परेका रायमाझीले पनि पक्राउ परेको भोलपल्ट बिहानै साचारकर्मीसँग आपुूले झडपका क्रममा हतियार भेटेको र सुरक्षाका लागि बोकेको बताएका थिए । उनले बताएको टेपरेकर्ड जनविद्रोहसँग सुरक्षित छ ।युथफोस्र कार्यकर्ता पक्राउ पर्नसाथ उनीहरुलाई रिहा गर्न एमालेबाट दवाब आएको र गृहले समेत ुप्रकृया मिलाएरु छाड्न आदेश दिएको समाचार जनविद्रोह दैनिकले प्रकाशित गरेको थियो । एमालेकै योजना अनुसार बिहीबार मध्यरातमा उनीहरुलाई रिहा गरी प्रहरी नायव निरीक्षक मण्डलमाथि कार्वाहीको प्रकृया बढाइएको थियो । तर पुर्व क्षेत्रका प्रहरी नायब महानिरीक्षक शारदाभक्त रिाजतले भने मण्डललाई राजनैतिक दबाबका कारण सरुवा नगरिएको दाबी गर्नुभयो । मण्डललाई सरुवा गर्न लागिएको समाचार समेत यस अगाडि नै जनविद्रोहले प्रकाशित गरिसकेको थियो ।मंगलबार राति पक्राउ परेका युथफोस्र कार्यकर्तालाई बचाउन धनकुटाबाट एमाले नेताहरुको एक टोली नै बुधबार सबेरै धरान आइपुगेको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख गोपाल गिरीलाई उम्कने खालको मुचुल्का तयार पार्न एमाले सुनसरीका नेताहरुले गृह मन्त्रालयको आडमा दवाव दिएपछि उनले त्यो मुचुल्का तयार पारेको थिए । मुचुल्का अनुसार बिहीबार राति नै युथफोस्र कार्यकर्ता रिहा भएपनि मंगोलियन हट रेष्टुरेन्टका साचालक हेमन्त लिम्बूलाई शुक्रबार दिउँसो मुचुल्कामा सही गराइएको छ । त्यसबाट पनि घटनाको वास्तविकता उजागर हुन्छ ।लिम्बूले मुचुल्कामा सही गर्दा हतियारसहित पक्राउ परेका रायमाझिसहितकोटोली चुनाव प्रचारका लागि विराटनगर पुगिसकेको थियो । विना कार्वाही पक्राउ परी रिहा भएका अपराधीहरु मोरङमा हुने संविधानसभा उपनिर्वाचनको प्रचारमा सहभागी भएको समाचारले दलहरु शसंकीत भएका छन् । एकिकृत माओवादी मोरङका सचिब शुशीलले पक्राउ परेका अपराधीहरुलाई शक्ति दुरुपयोग गरी रिहा गर्नु निन्दनीय भएको बताउनु भयो । अझ चुनाव प्रचारमा उक्त अपराधीक जत्था सहभागी हुनु आपराधिक कार्य भएको भन्दै उहाँले उनीहरुलाई तत्काल कार्वाही गर्न माग गर्नुभयो ।

केही दिन अगाडी प्राप्त समाचार भए पनि विभिन्न प्राविधिक कठिनाइका कारण केही समय पछाडी मात्र प्रकाशन गरिएको छ । क्षमा प्राथी चाहान्छौ । जनताको व्लग परिवार

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।