नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेतले आफ्नो संगठनका केन्द्रीय सदस्य डा।sेपी सुवेदीलाई एक महिलालाई यौन सोसण गर्न खोजेको आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरिएकोले त्यो ठिक नभएको बताउनु भएको छ । संगठनले आइतबार झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वस्नेतले उपचार गर्दा चेक जाँच गर्ने सरिरमा छोएको बिषयलाई लिएर उत्त महिला माथि सुवेदी द्धारा यौन गर्न खोजीएको भन्ने आरोपले आफ्नो संगठनको ध्यानकर्षण भएको बताउनु हुदै यसरी कसैको व्यत्तिगत चरित्रमाथि आच पुग्ने कार्य कसैले पनि गर्नु नहुने बताउनु भएको छ । गएको चैत ७ गते उपचार गराउन भनि दमक-१३ निवासी एक महिलाको उपचारको वियलाई लिएर सुवेदीलाई यौन दुराचार गर्न खोजेको आरोप लागाइएको बताइएको छ । कार्यक्रममा नागरिक समाज दमकका अध्यक्ष कमल जंगलील पनि सुवेदी माथि लागेको आरोप सबै गलत भएको बताउदै यसरी कसैको चरित्र हत्या गर्न नपाइने बताउनु भएको छ । पत्रकार सम्मेलनमा डा।सुवेदीले कुनै पनि हालतमा आफुले त्यस्तो कार्य नगरेको बताउनु हुदै गलत आरोप लगाएर आफ्नो अस्तीत्व नामेट गर्ने प्रयास गरिएको कारण यदी ती कुराहरु प्रमाणित भएमा आफु जस्तोसुकै सजाय भोग्न समेत तयारी रहेको समेत बताउननु भएको छ । सुवेदी बिगत लामो समय देखि दमक क्षेत्रमा रहेर होमियोपैथिक सेवा प्रदान गरि क्लिनिक साचालन गर्दै आएका व्यक्ति हुन ।त्यसै बिच आइतबार नै पिडित भनिएका महिलाका परिवारले पत्रकार सम्मेलन गरि उत्त घटना पछि दुई पक्ष बिच सामाजिक मेलमिलाप भइसकेपछी पनि सुवेदीले बाराम्बार टेलीफोनमार्फत आफुले यस्तो कार्य नगरेकोले गलत आरोप लगाउन नपाइने लगायतका कुराहरु गर्दै धम्काएको कारण बताउदै पत्रका सम्मेलन गरेको थियो ।
Sunday, April 5, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।