Tuesday, March 24, 2009

जनमुत्ति सेना पनि एस.एल.सी. परिक्षामा सामेल

बुधबार आज बाट सुरु एस।एल।सी परीक्षामा झापाका १६ हजार ६ सय ९६ बिद्यार्थीले परिक्षा लेख्ने भएका छन । परिक्षामा सामेल बिद्यार्थीहरुमा नियमित तर्फ १४ हजार ३ सय ५६ र एक्जाम्टेडतर्फ २ हजार ३ सय ४० परिक्षार्थी परिक्षामा सामेल हुने जिल्ला शिक्षा अधिकारी दिपक शर्माले जानकारी दिनु भएको छ । त्यसै गरि तोपगाछीस्थित केर्खाको शहिद धर्मभक्त उच्च मा।वि परिक्षा केन्द्रबाट १० छात्रा र ६८ छात्रसहित ७८ जना जनमुत्ति सेनाले समेत परिक्षा दिदैछन् । झापामा यस वर्ष पहिलो पटक खुला विद्यालयका छात्र छात्रा पनि परिक्षामा सामेल हुँदैछन् । १६ छात्रासहित २३ जनाले दमकस्थित हिमालय उच्च माविको परिक्षा केन्द्रबाट परिक्षा दिनेछन् । जिल्ला भर अपांगता भएका १७ जना परिक्षार्थी पनि परिक्षामा सामेल हुनेछन् ।परिक्षाका लागी १ सय ९५ विद्यालयबाट विद्यार्थीहरु सामेल छन् । प्ारिक्षाका लागि ४७ वटा परिक्षा केन्द्र र कुल ६ सय ८० निरिक्षक एवं प्रत्येक केन्द्रमा १० जनाका दरले सुरक्षाकर्मी खटाइने व्यवस्था भएको जिशीअ शर्माले जनाए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।