Tuesday, March 24, 2009

कोशीटप्पुमा चराको संख्यामा कमी

इनरुवा- चराहरुको बाक्लो उपस्थिति रहने गरेको कोसीटप्पु वन्यजन्तु आरक्षकोसिमसार क्षेत्रमा अहिले चराहरुको संख्यामा कमी आएको छ ।सप्तकोसी नदीको तटबन्ध निर्माणमा सिमसार क्षेत्र नजिकको पश्चिम कुसाहामा सयौँको संख्यामा सवारी साधन र मानिसको चहलपहल बढेपछि त्यस क्षेत्रबाट चराहरु अन्यत्र सरेको पाइएको छ ।सवारी साधनको कर्कस् आवाज र मानिसहरुका कारण चराहरु डराएर त्यहाँबाट भाग्न थालेको बताइएको छ । अहिले त्यस क्षेत्रमा चराहरुको आवाज समेत सुनिनछाडेको छ ।गत भदौ २ गते सप्तकोसी नदीले धार परिवर्तन गरी तटबन्ध भत्काएपछि त्यसकोनिर्माणका क्रममा प्रयोग गरिएका उपकरण र मानिसको आवाजका कारण चराहरुलेवासस्थान परिवर्तन गरेको आरक्षले जनाएको छ । चराहरुका लागि एसियाकै प्रसिद्धस्थलको रुपमा चिनिने कोसीटप्पुमा विश्वमै दुर्लभ मानिएका सयौँ प्रजातिका चरा आउने गरेका थिए ।जाडो मौसममा विदेशबाट आउने फिरन्ते चराहरु यसवर्ष कमै मात्रामा आएको बताइएको छ । मौसम परिवर्तनसँगै आउने अन्य प्रजातिका चराहरु पनि कोलाहलका कारण त्यहाँ बस्न नसक्ने स्थिति उत्पन्न भएको आरक्ष स्रोतको भनाई छ । चराहरुको स्वर्गको रुपमा स्थापित कोसीटप्पुमा ४ सय ८६ प्रजातिका चराहरु नियमित आउने जाने क्रममा भेटिएको तथ्याङ्कले देखाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।