विराटनगरसंविधान निर्माणका लागि सुझाव संकलन गर्न काठमाण्डौबाट हिडेकोटोलीले आजबाट मोरङमा काम सुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा सर्व पक्षिय भेला गराई टोलिले जनमतसंकलनका लागि कार्ययोजना तयार गरेको छ ।सभाषद् लालबाबु पंडितको नेतृत्वमा आएको टोलीले चैत्र ८ गतेसम्ममोरङमा जनमत संकलन गर्ने छ । सभाषद्हरु मोरङका नौ वटै निर्वाचन क्षेत्रमाएकै पटक परिचालीत हुने र बढीभन्दा बढी सुझाव लिने टोली नेता पंडितलेबताउनुभयो ।कार्ययोजना तयार गर्ने क्रममा मोरङका प्रमुख जिल्ला अधिकार शशिशेखरश्रेष्ठले जिल्लाको वस्तुस्थितीको बारेमा जानकारी गराउनुभएको थियो ।मोरङमा सुझाव संकलन गर्न आएको टोलीले ११ दिन लगाएर भोजपुरमासुझाव संकलन गरेको थियो । भोजपुरमा १ लाख ५० हजार सुझाव संकलन भएकोसभाषद् सावित्रीकुमार काफ्लेले बताउनुभयो ।यस्तै नयाँ संविधानमा जनताका राय सुझाव लिन खोटा¨ पुगेको सभाषदकोटोलिले आज खोटाङकासरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालय प्रमुख रप्रतिनिधीहरु संग अन्तरकि्रयकार्यत्रगरेकोछ ।एकीकृत नेकपा माओवादी का सभाषद् प्रभु शाहको नेतृत्वमा खोटाङआएका सुझाव संकलन टोलिले जनताका राय सुझाव लिनु अगाडि कर्माचारीहरु संगअन्तरकि्रया कार्यक्रमको आयोजना गरी जनताको बिचमा कसरी जाने भन्ने बारेसुझाव मागेका छन् ।कर्माचारीहरुले जनताको बीचमा सुझाव लिन जाँदा जनताको मनोभावनाबुझेर जनतालाई असर नपुग्ने खालका प्रस्तुतीहरु गर्नु पर्ने सुझाव दिए ।उनिहरुले आफू पार्टीको सभाषद नभई जनताको प्रतिनिधी भएर फिल्डमा लाग्नुपर्ने बताएका छन् ।कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुखहरुले पुरानो संविधान जनताकोभावना विपरित भएको बताउँदै अब बन्ने नयाँ संविधानमा जनताकोमनोभावनालाई रुपान्तरीत गर्दै संविधान निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।कार्यक्रममा एकीकृत नेकपा माओवादी का जिल्ला सेक्रेटरी पृथ्वीकिराती नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु कुमार राई नेकपा एमालेका बबि चाम्लिङ राप्रपा नेपालका जिवन श्रेष्ठ राष्ट्रिय जनशत्तिःका जीवन राईलगायतले सुझाव संङ्कलनमा सहयोग पुर् याउने प्रतिवद्धता व्यक्त गर्दै शुभकामना तथासुझाव मन्तव्य दिनुभएको थियो ।
Thursday, March 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।