Thursday, March 12, 2009

पत्रकारद्धारा प्रशासनको ध्यानकसर्ण

पत्रकारहरुको बढ्दो असुरक्षाका बिषयमा पत्राकार महासंघ झापा शाखाले प्रसाशनको ध्यानआर्कशण गराएको छ । पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष बिष्णु सुब्बाको नेतृत्वमा बिहिबार इलाका प्रहरी कार्यालय दमकमा पुगेको पत्रकाहरुको टोलीले पछिल्ला दिनहरुमा दमकमा कार्यरत पत्रकार माथि श्रृङखला बद्ध ज्यान मार्ने धम्कि र आक्रमणका घटना बारे प्रहरीलाई जानकारी गराउदै र सुरक्षामा गम्भिर हुन ध्यानआर्कशण गराएको हो । केही दिन अघि दमकमा कार्यारत क्रान्तिकारी पत्रकार बिष्णु पौडेललाई अज्ञात ब्यक्तिले टेलीफोनमार्फ ज्यान मार्ने धम्की दिए पछि पौडेलले जिवन रक्षाको माग गरेका थिए । बुधकार राती पत्रकार द्धोय भुपेन्द्र ति_िम्सना र मायामितु न्यौपानेलाई एक समुहले घरेलु हतियार प्रयोग तरि आक्रमणको प्रयास गरेको थियो । सो घटनाको पत्रकार माच दमकका अध्यक्ष चेतन अधिकारी र सह-सचिज बिष्णु पौडेलले बिज्ञप्ती जारी गरि निन्दा गरेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।