Thursday, March 12, 2009

आगलागी बाट करोडौ क्षती

बिष्णु पौडेल
झापाको दमक स्थित बेलडागी शरणर्थी शिविरमा बुधबार साझ भएको आगलागी बाट ५ करोड बराबरको क्षती भएको जनाइएको छ । बिहिबार बिहान सरकारी अधिकारी र भुटानी शरणर्थीको साहयतामा काम गर्दै आएका सस्थाका प्रतिनिधिहरु सम्मिलीत टोलीको स्थलगत निरिक्षण प्रस्चात सो अनुमान गरिएको हो । आगलागीबाट बेलडागी-२ स्थित पाचावती माविमा मात्रै डेढ करोडको क्षती भएको बिद्यालयले जनाइएको छ । त्यस्तै २ सय ३३ छाप्रा पूर्ण रुपमा जल्दा ३ हजार भन्दा बढी शरणर्थीको बिचल्ली भएको छ । उनिहरुलाई बिहिबार बिहान सुख्खा चिउरार भुजिया बाडिए पनि साझ सम्म भात खान नपाएको शरणर्थीहरुले बताएका छन । आगलागी भएको रात उनिहरुले स्थानिय हंसे दुम्से सामुदायीक बनको खुल्ला चौरमा रात काटेका थिए बस्नका लागि अझै उनिहरुको बन्दोबस्ती मिलाइएको छैन । अग्नी पिडितहरुको राहत ब्याबस्थपन गर्न शरणार्थी समन्वय इकाइका निर्देशक तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र पोख्रेलको संयोजगत्वमा समिति निमार्ण गरिएको छ । त्यसै गरि झापा र मोरङका ७ ओटै सिविरमा शिविर ब्याबस्थापन समिति प्रखुखहरुको नेतृत्वमा राहत संकलन उपसमितिहरु पनि गठन गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख कमल थापाले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।