Thursday, March 12, 2009

माछाको सट्टा बमको छर्रा

संखुवासभाको खराङमा माछामार्न बनाएको सकेट बम विष्फोट हुँदाआजदिउँसो दुई युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा खाँदवारीनगरपालीका १३ का २३ वर्षिय भोला खत्री र धनकुटा लेगुवा ४ का १६ वर्षियरामकुमार गुरुङ रहेका छन् ।दिउँसो १२ वजे स्थानिय सभा खोलामा माछा मार्न आफैंले घरमा बनाएकोसकेट बम लिएर जाँदै गर्दा हातमै विष्फोट हुँदा उनिहरु घाइते भएको पुर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घाइते खत्रीको जिल्ला अस्पताल खाँदवारीमा उपचार हुन नसकेपछि थप उपचारकालागी काठमाण्डौ लगीएको प्रहरीले जनाएको छ ।खत्रीको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ। अर्का घाईतेको जिल्ला अस्पतालमै उपचार भइरहेको भएपनि थप उपचारका लागीधरान ल्याउने तयारी भैरहेको जनाईएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।