Saturday, March 14, 2009

खोटाङमा मात्रै साढे सोह्र करोढ ऋण मिनाहा

सरकारको नीति अनुशार जिल्ला कृषि विकास वैंङ्क जिल्ला शाखा खोटाङबाटपाँच हजार चार सय ९४ जना कृषकहरुको ऋण मिनाहा भएको छ ।जसअनुसार करिव १६ करोड ४३ लाख ३१ हजार ३५१ रुपैंया ऋण मिनाहा भएको हो ।३० हजार रुपैंया सम्मको पाँच हजार तीन सय ५८ जनाले छ करोड नौ लाख२९ हजार आठ सय ३७ रुपैंया साँवा र नौ करोड ८४ लाख ७६ हजार ४२१ रुपैंयाव्याज गरि जम्मा १५ करोड ९४ लाख ६ हजार २ सय ५८ रुपैंया ऋण मिनाहा पाएकाहुन् ।यस्तै एक लाख भन्दा मुनी ३० हजार रुपैंया सम्मका ७६ जनाले आज सम्म ४९ लाख२५ हजार ९३ रुपैंया व्याज मिनाहा पाएको जिल्ला कृषि विकास कार्यालयकाप्रवन्धक रामकुमार गजुरेलले जानकारी दिनुभयो ।गत असोज महिनामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा।वाबुरामभट्टराईले गर्नुभएको बजेट भाषण अनुसार ०६३ भन्दा अघिका ३० हजार सम्म पुरैऋण मिनाहा र सो भन्दा माथि भएका ऋणीहरुको पुरै व्याज मिनाहा गर्नेजनाएपछि अहिले खोटाङमा लगभग ११ हजारको संख्यामा रहेको ऋणीहरुलाई राहतमिल्ने अपेक्षा गरिएको छ ।जसमध्ये ८ हजार ८ सय ५५ जनाले पुरै र बाँकीले व्याज मिनाहा पाउनेवैंङ्कले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।