Tuesday, March 17, 2009

मिश्रृत प्रणालिमा निर्वाचन हुने

दमक ४ चैत-गौराद बहुमुखी क्याम्पसमा तोकिएकै समयमा मिसृत प्रणलिमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । केही साता यता समानुपातिक प्राणलिमा निर्वाचन गराउनु पर्ने लगायतका माग राख्दै संघीय बिद्यार्थी युनियनले क्याम्पस प्रसासनमा ताला लगाए पछी चुनाव नहुने सम्भावना बढेको भएता पनि चुवान हुने मिति भन्दा दुई दिन अगाडी मंगलबार बसेको बिद्यार्थीहरुको सर्वदलीय बैठकले प्रत्यक्ष र समानुपातिक प्रणालिमा गराउने सहमति भएको क्याम्पस प्रमुख भाजराज दहालले जानकारी दिनु भएको छ । त्यसै गरि दमक बहुमुखी क्याम्पसमा पनि तोकिएकै समयमा निर्वाचन गराउने उदेश्यले मंगलबार अबेर सम्म क्याम्पसका बिद्यार्थी संगठनहरुले छलफल गरेता पनि कुनै सहमति नभए पछी निर्वाचन नहुने भएको छ । केही अगाडी मात्र बिद्यार्थी संगठनहले चुनावको वातावरण तय नगरेको भन्दै चुनाव स्थगन गरिएको सुचना प्रकासित गरे प्रस्चात चुनाव नहुने भएको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।