अखिल नेपाल महिला संघ क्रान्तिकारी का केन्द्रीय सदस्य सिता पौडेलले जनपक्षिय संविधान नबने नेपाली महिलाहरु बिद्रोह गर्न तयारी रहेको बताउनु भएको छ । ९९औ अन्तराष्ट्रि महिला दिवसको अवसरमा नयाँ संविधानमा बिषेश अधिकार सहित समानुपातिक प्रतिनिधित्वको लागि सम्पूर्ण महिलाहरु एक हौ भन्ने मुल नाराका साथ अनेमसंघ क्रान्तिकारी झापाले आइतबार दमकमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नवलपरासी क्षेत्र नं। ३ का प्रत्यक्ष तर्फका विजयी सभासद समेत रहनु भएकी नेतृ पौडेलले बिगतका महत्वपूर्ण जनपक्षिय आन्दोलनहरुमा अग्रमोर्चामा रहेर लडेका नेपाली महिलाहरुको उपेक्षा आफुहरुलाई सहिय नहुने बताउदै यदी उपेक्षा गर्ने प्रयास गरिएमा महिला मुक्तिको लागि पुन बिद्रोह गर्न आफ्नो संगठन तयारी रहेको समेत चेतावनी दिनु भएको छ । अर्को एक प्रसंगमा नेतृ पौडेलले संविधान सभामा समेत महिला अधिकार सुनिश्चित गर्नको लागि आफु लडिरहेको कारण संविधान निमार्णको लागि गाउँ-गाउँमा सुझाव संकलनमा सम्पूर्ण महिला सभासदहरु खटिरहेकाले उत्त कार्यमा सघाउ पुर्याउन सबै संग आवाहान समेत गर्नु भएको थियो । क्रान्तिकारीकी जिल्ला अध्यक्ष निसा कार्कीको सभापतित्वमा सम्न्नि कार्यक्रममा एकीकृत नेकपा माओवादी झापा जिल्ला सेक्रेटरी असिम लगायतबा पत्ताहरुले बोल्नु भएको थियो ।