Tuesday, March 24, 2009

एस.एस.बीको नेपाली भुभागमा हस्तक्षेप

दमक ११ चैत-भारतीय एस।एस।बीले झापाको खजुरगाछी-१ मा पर्ने नेपाली भूमिमा हस्तक्षेप गरेको छ । स्थानिय दुर्गा गनगाईले मन्दीर बनाउनका लागि दिएको एक कठा जमिनमा एस।एस।बी ले हस्तक्षेप गरि मन्दीर निमार्णमा अवरोध गररेको निमार्ण समितिका अध्यक्ष धर्म सिह गनगाईले जानकारी दिनु भएको छ । वहाँका अनुसार गत मंसिरमा सिलान्यास गरिएको मन्दीर निमार्ण जारी रहदा सात अघि एस।एस।बीका जवानले सो भूमि भारतको पर्ने भन्दै मन्दीर निमार्ण नर्गन चेतावनी दिएकॊ छ । भारतले एक तर्फी रुपमा झापाका महेसपूर कोरोवारी कुमरखोद लगायतका ठाउहरुमा यस अघी पनि भूभाग अचिक्रमण गर्दै आएको हो । स्थानिय वासिले भारतको यस्तो हेपाह प्रवृती रोक्न राज्यको ध्यान पुग्नु पर्ने बताएका छन । तमलोपाका केन्द्रीय सदस्य समेत रहेको स्थानिय बिजय अग्रवालले भारतको मिचाहा प्रवृती फेरी दोहोरीएको भन्दै सरकार लाई समयमै सम्वेदनसिल हुन आग्रह गर्नु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।