Monday, April 6, 2009

नेपाल बन्दको रहर

२०४६ सालमा ठूलै आन्दोलन भएको थियो आज अर्थात् चैत २४ को दिन। चैत २६ गते वीरेन्द्रले बहुदलीय व्यवस्थाको पुनर्स्थापना गर्ने घोषणा गरेको भए पनि त्यही भएर केही दलले चैत २४ गतेलाई नै जनआन्दोलन दिवसका रुपमा मनाउने गर्छन्। त्यो दिन ठूलो भीड नारायणहिटीतिर सोझिएको थियो। घण्टाघरअगाडि गोली चलाउँदा कति जना शहीद भए, अत्तोपत्तो छैन।
चैत २४ लाई माओवादीले भूमिगत रहँदा सँधै ‘दिवस’का रुपमा मनाउँदै अक्सर नेपाल बन्द गर्ने गर्थ्यो। यस पटक माओवादी आफै सत्तामा छ। यस पटक त त्यसो नहोला कि भनेको, के खाएर नहुनु ! अर्को नेकपा (माओवादी) अर्थात् एकीकृत नेकपा माओवादीबाट विद्रोह गरेका नेता मातृका यादवले नेपाल बन्द ठोकिहाले।
अनि उनलाई सहायता गर्न निस्के रिभोलुसनरी लेफट विङ्ग, नेकपा एकिकृत अनि जनमोर्चा नेपाललगायतका दलहरु। यी सबले मिलेर आज नेपाल बन्द घोषणा गरेका छन्। काठमाडौँमा असर परेको छ। स्कूल कलेज बन्द भएका छन्।
बन्द सफल बनाउन के गर्नुपर्छ ? अलि अलि गाडी तोडफोड गर्नुपर्छ। जसले बन्द आयोजना गरे पनि रणनीति त्यही हो। आज पनि कलंकीतिर केही गाडी तोडफोड भएका छन्।
काठमाडौँबाहिर पनि बन्दको असर परेको बुझिएको छ।
माओवादीले आजै चैत २४ को सम्झनामा देशका प्रमुख सहरहरुमा आमसभाको कार्यक्रम राखेको छ। काठमाडौँको सभामा त प्रधानमन्त्री आफै बोल्दैछन् क्यारे। पोखरामा बाबुराम भट्टराई बोल्दैछन् शायद। माओवादीको सभालाई नै बिथोल्ने हिसाबले बन्दको आयोजना गरिएको थियो। हेरौँ, के नतिजा दिने हो यो बन्द र आमसभाले। साभार मेरो संसार

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।