Monday, April 6, 2009

एक संगठनका व्यक्तिको नाम अर्को संगठनको मतदात्ता नामावालीमा राखेको आरोप

शिक्षक युनियनको मतदाता सुचिका आफ्नो संगठन संग आवद्ध शिक्षकहरुको नामावाली राखिएकोमा आफ्नो संगठनको ध्यानर्कषण भएको अखिल नेपाल शिक्षक संगठन झापाले जनाएको छ । संगठनका भापा जिल्ला अध्यक्ष सिताराम अधिकारीद्धारा हस्ताक्षरीत एक बिज्ञप्तीमा नेपाल शिक्षक युनियन र नेपाल राष्ट्रिय शिक्षक परिषदले षडयन्त्रगरी आफ्नो संगठनका सदस्यहरुको नामावाली आफ्नो मतद्धाता सुचिमा राखेको भन्दै सो कुराको भत्स्रना गरेको छ । बिज्ञप्तीमा आफ्ना संगठनका सदस्यहरुलाई तत्काल निर्वाचन बहिस्कार गरि मतदान नगर्न समेत आग्रह गरिएको छ । साथै ति संगठनहरुको कहिले पनि उत्पीडीत पेसाकर्मीको पक्षमा नलड्ने मात्र आफ्नो स्वार्थ पूर्तीको लागी मात्र लड्ने समेत आरोप लगाइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।