Monday, April 6, 2009

आफ्नौ बजेटमा चक्रपथको निर्माण शुरु

नगरपालीकाले आफ्नो निजि स्रोत मार्फत नगर चक्रपथको निर्माण कार्य सुरु गरेको छ ।चक्रपथ निमार्णको कुरा राष्ट्रिय योजना आयोगमा परे पनी त्यसको लागी बजेट बिनियोजन नभएपछि नगरपालीकाले आफ्नै निजी स्रोतमा उत्त निर्माण शुरु गरेको हो । पथ निमार्णको लागि अघिल्लो बर्ष २२ लाख र यो बर्षमा २५ लाख बिनियोजन भएको छ । सो रकमले यो बर्ष पचास फुट चौडाको ४ किमी सडक कालो पत्रे गरीने नगरपालीकाका सहायक ईन्जिनियर अनन्त सेनेहाङले जानकारी दिनु भएको छ । जसको लागी अहिले दमकको १२ न्ाम्बर वडामा सडक चौडा गर्ने र ग्राभल गर्ने काम धमाधम भैरहेको छ ।३७ किमी लम्बाईं रहेको सो सडकले दमक नगरपालीकाको प्राय सबै बडालाई छोएको छ । उक्त चक्रपथको २०५४सालमा नै रेखाङ्कनको भएता पनी बजेट अभाबको कारण निर्माण हुन नसकेको नगरपालीकाको कार्यकारी अधिकृत पशुपती खतिबडा बताउनुहुन्छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।