Monday, April 6, 2009

सर्वसाधारणको नियन्त्रणमा बन्दकर्ता

सोमवार झापाको दमकमा यातायत बन्द गर्ने २ व्याक्ती लाई सर्वसाधरणले नियन्त्रणमा लिई प्रहरी लाई बुझाएका छन् ।पक्राउ पर्नेमा जनमोर्चा नेपालका अाचल सदस्य लिला लावती र लेफ्ट विङ्सका लिला बज्गाई रहेका छन् । उनीहरु दुवैलाई सोमवार बिहान ६ बजे तिर दमक गणतन्त्र चौकमा गाडी अवरोध गर्ने क्रममा यातायात मजदुृर र सर्वसाधारण नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । याताायात आबरोध गर्ने क्रममा उनीहरुले २ वटा बसको सीसा फुटाएको थिए ।उनीहरु लाई केही बेर सोघपुछ गरी छोडीएको दमक प्रहरीले जनाएको छ ।जनमोर्चा नेपाल लेफ्ट विङ्स लगाएका संगठनहरुले संयुक्त संघर्ष समिती गठन गरी आज सोमाबार देखी जनआन्दोलनको शुरु गर्ने सम्पुर्ण यातायात बजार कलकारखाना बन्द गर्ने भन्दै केही दिन अघि बिज्ञाप्ती जारी गरेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।