झपाको दमक क्षेत्रमा अबैध काठ तस्कर बढ्न थाले पछि जिल्ला वन कार्यालय झापाले सो क्षेत्रमा रहेका विभिन्न समिलहरुमा फितलो कनिगरानी बढाएको छ । पछिल्लो पटक काठ तस्करीको ट्रान्जिट पैन्ट दमक रहेको चर्चा संगै ठूलो मात्रामा प्रहरीले अवैध काठ बरामद गर्न थालेपछि वनले संकास्पद मिलहरुमा निगराानि बढाएको हो । सो क्रममा जिल्ला बन कार्यालयका निमित प्रमुख दैवनारायण झा सहितको टोलीले शुक्रबार दमक-२ स्थित पारस समिलमा आकस्मीक छापा मार्न खौजेको छ । प्रमुख झाले सो मिलमा काठ हेर्नका लागी मात्रै टोली आएको भनिदिन साचारकर्मीलाई अग्रह गरे पनि समाचार स्रोतले टोली छापा मार्नकै लागि भनि आएको र मिलमा अइपुगे लगतै चौतर्फी दवापका टेलीफोन आएका कारण छापा मार्ने कार्य स्थगित भएको दावी गरेको छ । गएको बिहिबार प्रहरीले सो मिलबाट अबैध रुपमा इटरीको राज मिलमा लैजाने प्रयास गर्दा दमक-१६ बाट मिलका साचालक गुणा राज थापा पूर्ण थापा र ना २ ख ३१०० नम्बरको ट्रक सहिच चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेको व्यक्तिहरुको बयानका आधारमा शंका गरी कार्यालयले छापा मार्ने प्रयास गरेको थियो । प्रमखु झाले भने मिसन अर्के थियो आएको बेला हेरी हालौ भनेर मात्रै यहाँ आएका हौ छापा मारेको नभन्नु होला यता एक अर्को समाचार स्रोतका अनुसार सो मिल बुटवलमा कार्यरत प्रहरी नायव निरिक्षक मेघराज थापाको नाममा दर्ता रहेको छ । मिलको प्रत्यक्ष साचालनको लागि थापाले नातेदार पर्ने गुणाराज लगायतका व्यक्तिलाई मिलको जिम्मा लगाएका हुन । उनले पद र शक्तिको अधिकतम दुरुपयोग गरि अबैध काठको कारोवार गर्ने गरेको स्रोतको दावी रहेको छ । यसै बिच बिहिबार पक्राउ परेका ३ नै जना माथि वन कार्यालयले शुक्रबार नै झापा जिल्ला अदालतमा अवैध दाउरा ओसारपोसारको मुद्धा चलाएको प्रमुख झाले बताउनु भएको छ ।
Friday, April 10, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।