Wednesday, April 29, 2009

निर्देशिका विपरीत स्रोत ब्याक्ति

दमक स्रोत केन्द्रका स्रोत व्याक्ति निर्देशिका विपरीत अन्य व्यात्तिगत संस्थामा काग गर्दै आएको खुलासा भएको छ । नेपाल सरकारले जारी गरेको निर्देशिकामा सरकारी तलव अथवा भत्ता प्रयोग गर्दै आएका नेपाल सरकारका कुनै पनि कर्मचारीलाई सरकारी संस्था भन्दा अन्य सोही प्रकारका व्याक्तिगत संस्थाको जिम्मेवार स्थानमा रहेर काम गर्न नपाउने प्रावधान रहेको छ । तर बिगत केही महिना अगाडी दमक स्रोत केन्द्रका स्रोत व्याक्ति बनेका कृष्ण भण्डारी भने दमकमै साचालित दमक मोडल क्याम्समा क्याम्पस प्रमुखको रुपमा काम गर्दै आएको खुलासा भएको हो । उत्त स्रोत केन्द्र अन्तरगत २० वटा बिधालयहरु साचाल हुदै आएको छ । सरकारले सरकारी शिक्षण संस्थाहरुलाई झन प्रभावकारी बनाउनका लागि थप कार्यक्रमहरु ल्याईरहेको समयमा स्रोत व्याक्ति जस्तो जिम्मेवार सम्हालेका व्याक्तिहरु यसरी आफ्नो दुना सोज्यान तर्फ लाग्न नहुने बित लामो समयदेखि शिक्षण पेसामा आवद्ध शिक्षक सिताराम अधिकारीको भनाई रहेको छ । यसरीनै दमक क्षेत्रमा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु कुनै न कुनै व्यक्तिगत संस्थामा व्यात्तिगत संस्थामा आवद्ध रहेको पाईन्छ । तर संम्बन्धी पक्षले यस प्रकारका कुराहरुमा ध्यान नदिएको कारण सरकारी कार्यालयहरु लथालिङ्ग बन्दै गएको स्थानियवासीहरुको गुनासो रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।