Friday, May 1, 2009

जनसेनाको जित

झापाको लखनपुरमा सुरु भएको एस।वाई।सी च्यालेन्ज कप प्रतियोगिताको पहिलो दिन भएको खेलमा जनमुक्ति सेना नेपाल प्रथम डिभिजन सोजो सेटमा बिजयी भएको छ ।पूर्वााचल अस्पताल इटहरी र जनमुक्ति सेना प्रथम डिभिजन चुलाचुली बिच भएको खुल्ला नकाउट प्रतियोगितामा सोनाले २५-११ २५ १२ र २५-२२ को सोझो सेटले अस्पताट टिमलाई पराजित गरेको हो । लखनपुर स्थित सगुन युवा क्लवको आयोजनामा आफ्नै खेल मैलानमा भएको प्रतियोगिताकाृ म्यान आफ दी म्याच पनि बिजेता टिमको राजकुमार श्रेष्ठलाई घोषणा गरिएको छ । पूर्वााचलका १० टिमको सहभागी रहेको उत्त प्रतियोगिताको दोस्रो दिन शुक्रबारको प्रतियोगिता भद्रपुर भलिबल टिम र आयोजक टिम सगुन युवा क्लव बिच हुने क्लवका अध्यक्ष हुकुमसिह राईले जनकारी दिनु भएको छ । प्रतियोगिताका बिजेता टिमले नगद २० हजार र उपबिजेता टिमले रु १० हजार प्रप्त गर्ने छ । सगुन वुवा क्लवको आयोजनामा वार्षिकरुपमा हुने भलिवल प्रतियोगिताको यो खेल छैटौ संस्करण रहेको क्लवका सचिव बिष्णु सुब्बाले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।