Tuesday, April 28, 2009

बैज्ञानीक भाडादर लागु भएन

बिष्णु पौडेल
सरकारले गएको चैत १८ गते देखि सार्वजानीक यातायातका साधनमा लागु गरेको बैज्ञानीक भाडादर लागु हुन नसकेको सर्वसाधारण जनताले गुनासो गरेका छन । नेपाल यातायात व्यावसायी महासंघ र सरकारका प्रतिनिधि बिच पटक-पटक भएको वार्ता र छलफल पछि सहमती भएको भाडादर कार्यान्ववयनमा सम्बन्धित निकायले चासो नदेखाएको उनिहरुको। गुनासो रहेको छ । दुई पक्ष बिच भएको सहमतिमा बैज्ञानीक भाडदरको सुची स्पष्ट रुपमा सर्वसाधारण यात्रुहरुले देख्न सक्ने गरी टासेको हुनु पर्ने निर्णय भए पनि झापामा चल्ने कुनै पनि सवारीले सो सुची राखेको पाइदैन । जसका कारण सर्वसाधारणले चर्को भाडा तिर्नु परेको जलथल-५ का छविलाल घिमिरेको गुनासो रहेको छ । सरकारले छोटो दुरीको बाटोमा प्रति किलोमिटर १ रुपैया २५ पैसा मात्र भाडा तोके पनि पूर्व पश्चिम राजमार्गको झापा खण्डमा २ रुपैया सम्म भाडा असुल्ने गररेका छन । ग्राभेल सडकहरु २ रुप्रैया ५० पैसा सम्म भाडा असुल्ने गरेको भुत्त भोगीहरु बताउछन । राजमार्ग संग जोडीएको दधे कुाजीवारी डकमा चल्ने मे।१।ख १ नम्बरको मयूर ट्रभाल्सले सो सडमा २ रुपैया ५० पैसा भन्दा बढीका दरले सर्वसाधारण यात्रु संग भाडा लिएको पिडितहरुले बताएका छन । सो गाडीका कन्डक्टर कृष्ण प्रसाद ओलीले आफ्नो गाडीमा जती भाडा लिएपनी केही फरक नपर्ने बताए । नेपाल यातायात व्यावसायी माहांघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनालीले दुई पक्षि सहमती कार्यन्वयनमा माहासंघ कटीवद्ध रहेको वताउदै नियम बिपरित भाडा असुल्ने कार्य तत्काले बन्द गराउने प्रतिवद्धता जनाउनु भएको छ । वहाका अनुसार ग्रामिण क्षेत्रका कच्ची सडकहरुमा भने स्थानियवासी समेतको सहमतीमा प्रमुख जिल्ला अधिकारीले भेला बोलाई छुटै भाडादर कायम राख्न सक्ने कानुनी प्रावधान रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।