बिष्णु पौडेल
इलामको चुलाचुलीका ७ सय ५० जग्गा धनिको प्रमाण पूर्जा तयारी भए पनि बितरणमा समस्या देखिएको छ ।सरकारले डेढ वर्ष अघि गोबिन्दमणी दाहालको अध्यक्षतामा गठन गरेको आयोगले २०२७ साल सम्म पूर्जा भएका र घराउसी राजीनामा लिई बसेका किसानका लागि पूर्जा तयारी गरेको हो । सो ठाउँको सरकारी ऐलानी जग्गामा बस्दै आएकाहरुलाई पनि पूर्जा दिने निर्णय सरकारले नगरे सम्म तयारी पूर्जा बितरण नगर्ने स्थानिय राजनैतिक पार्टीको साझा सहमतिका कारण तयारी पूर्जा समेत बितरण हुन नसकेको अध्यक्ष दाहाले जानकारी दिनु भएको छ । चुलाचुलीमा ४ हजार ४ सय जनाले सरकारी जग्गामा बस्दै आएको जग्गा पाउन आयोगमा आवेदन गरेको बताइएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।