झापाको दमक- १ मा बसोवास गर्दै आएका शेरसिह सुब्बाको ५ बिगहा जग्गामा सुकुम्बासीहरुले वस्ती बसाल्न सुरु गरेका छन् । झापा इलाम र मोरङका विभिन्न गाविसहरुबाट आएका सुकुम्बासीहरुको समुहले गत सोमबार देखि सो स्थानमा टहरा निमार्ण गरेर वस्ती बसाउन सुरु गरेको हो । दमकको चक्रपथले भेट्ने सो जग्गा ऐलानी भएको दावी गर्दै वस्ती वस्न सुरु गरेको उनिहरु वताउछन् । सो ठाउँमा मोरङको मधुमल्ला पथरी इलामको महमाई चुलाचुली लगायत झापाका विभिन्न ठाउँहरुबाट सुकुम्बासीहरु आएको वसोवास व्यावस्थापन समितिका सदस्य बिकास लिम्बूले बताए । लिम्बूका अनुसार मानिसहरुको अवस्था पहिचान गरि सुकुम्बासी ठहरीएकाहरुलाई एक परिवार वरावर १० धुरको दरले जग्गा बितरण व्यावस्था गरिएको छ । अहिले सम्म सो ठाउँमा टहरा निमार्ण गर्नेको संख्या २ सय परिवार पुगेको जनाइएको छ । वसोवास व्यावस्थापन समितिले प्रतिपरिवार बाट ५ सयको दरले सेवा सुल्क उठाउने र टहरा निमार्णको लागी ४ घाना बास उपलब्ध गराउने गरेको लिम्बूले जानकारी दिनु भएको छ । यता सो जग्गाका धनि भनिएका लिम्बू भने सो जग्गा ऐलानी नभई नम्बरीनै रहेको र आफ्ना छोरा छोरीलाई बितरण गरि सकेको बताउछन् । सो गतिविधिको बारेमा आफु अन्जान रहेको बताउँदै नगरपालीका र इलाका कप्रहरी कार्यालय दमकलाई जानकारी गराएको सबै कुरा उनिहरुलेनै गर्ने छ भन्दै तर्कीए । लिम्बू राष्ट्रिय जनशक्ति पार्टीका क्षेत्रिय सदस्य तथा संविधान सभामा झापा क्षेत्र नं। ७ का उम्मेद्धार समेत हुन । सो बिवादीत जग्गामा निमार्ण गरिएका टहराहरु बिहिबार इलाका प्रहरी कार्यालय दमकले भत्काई बासँहरु कब्जामा लिएको छ । इप्रकाका प्रमुख कमल थापाको नेतृत्वमा गएको टोलीले बिहिबार साझ ४ बजे तिर टहरा भत्काएको हो । तर प्रहरी फर्कीए पछी फेरी सो ठाउँमा सुकुम्बासीहरुले कब्जा जमाएका छन् । बसोवास गर्न आएका सुकुम्बासीहरु भने जग्गा धनिको पैसा खाएर पुलिसले आफुहरुलाई त्यस क्षेत्रबाट खेदाउन खोजेको आरोप लगाउदै यदी सो जग्गा नम्बरी रहे तत्काल छोड्ने तर ऐलानी रहेमा जसरी भए पनि वस्ती वस्ने जिकिर गर्छन् । करिव एक महिना अघि मात्र सोही क्षेत्रमा इन्द्र बहादुर ढकालको १५ कटा जग्गा कब्जा गरि सुकुम्बासीहरु बसेका थिए ।
Friday, May 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।