Friday, May 1, 2009

ताजपूरिया समाजमा विवाद

ताजपूरिया समाज कल्याण परिषदका केन्द्रीय अधयक्ष नित्यानन्द ताजपूरियाले चुनावको हार थाम्न नसकेका केही व्याक्तिहरुले संस्थालाई असफल बनाउनको लागि गलत प्रचार गरिरहेको बताउनु भएको छ । परिषदले शुक्रबार झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोलदै अध्यक्ष ताजपूरियाले भन्नु भयो बैसाख १५ मा मोरङको रंगेलिमा भएको परिषदको तेस्रो महाधिवेसनमा भएको अध्यक्ष पदको निर्वाचनमा मेरॊ प्रत्यासी उम्मेद्धारले हार थनम्न नसके पछी ताजपूरिया समाजको हित विपरित केही व्याक्तिहरुले गलतथ प्रचार गरिरहेले यो ठिक छैन । साथै समाजको हित विपरित कुनै पनि प्रकारका गलत प्रचारहरु गरिरहनु भनेको आफ्नै खुट्टामा बन्चरो हन्नु जस्तै भएको भन्दै यस्तो कुनै पनि कार्य नर्गन समेत आग्रह गर्नु भएको थियो । उत्त निर्वाचनको बिषयलाई लिएर निर्वाचित अध्यक्षका प्रत्यसी उम्मेद्धारले गंगाराम ताजपूरियाले केही दिन अगाडी मात्र प्रेस-बिज्ञप्ती मार्फत उत्त निर्वाचनमा गुण्डागर्दी प्रयोग गरि आफुलाई हराईएको कारण निर्वाचनको परिणाम आफुलाई स्वीकार्य नभएको जानकारी दिएका थिए । तर भने निर्वाचित अध्यक्ष नित्यानन्द भने आफैलेनै संस्थको स्थापना गरेको र संस्थाको संस्थापक अध्यक्ष समेत आफुनै भएको बताउदै उत्त निर्वाचनमा कसैले पनि यस्तो नकरात्मक कार्य नगरेको बताउछन । मोरङमा सम्पन्न महाधिवेसनले विभिन्न विभागीय सचिवहरु रहने गरी ९ सदसीय केन्द्रय समिति चयन गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।