
प्यारा देशवासीहरुयो देशमा इतिहासदेखि नै श्री भारतनाथको कृपाले गरिबहरुमाथि एकलौटी शोषण गर्दै आएको कुरा तिमीहरु नाथे गरिब जनतालाई थाहा भएकै कुरा हो । यहाँ हामी अर्काको पसिनामा बाँच्ने हुनेखाने मान्छेहरु थोरै छौं । तिमेरु जनताको पसिना श्रम र रगतमाथि होली खेल्ने काम हामीले परापूर्व कालदेखी नै चलाउँदै आएका हौं । तिमेरुलाई लुट्नु हाम्रो जन्मसिद्ध अधिकार हो भन्ने परम्परा नै रहँदै आएको छ । तर पछि पछि हुँदै जाँदा नाथे गरिबहरुले हाम्रो शासनमाथि आँखा गाड्न थालेकाले कालोधन जोगाउन आँखा लगाउनेलाई आँखा निकाल्न कोर्रा लगाउन गरिबकै छोराहरुलाई पैसा दिएर सेना बनाएका हौं । त्यसलाई पछि शाही सेना र तिमरुले कचकच गर्न थालेपछि नाम फेरेर नेपाली सेना पनि भन्ने गरिएको छ । तिमी गरिबहरुले आफ्नो अधिकारको कुरा थाहा पाएर हाम्रो साशन पुयाक्ने प्रयास गर्न थालेपछि तिमीहरुलाई मारेर नहुने भयो भनेर गरिबकै नाम गरेर गरिबलाई नै मार्ने हाम्रो पूर्खाले कहिले गिरिजा कहिले माधव नेपाल कहिले खड्ग ओलीहरुलाई पठार्एबक्सेको थियो तर त्यो धेरै दिन टिक्न नसकेकोमा हामीलाई दुःख लागेको छ । हाम्रो शोषणको राजलाई माओवादी भन्ने ती गरिब हाम्रै घरका हरुवा चरुवा नोकर-चाकरहरुले हाम्रो जस्तै सेना बनाएर हाम्रो स्वर्गमाथि धावा बोले । जनताले साह्रै गरेपछि हामीले सत्ता छोडेजस्तो गरिबक्सॆका थियौं तर माओवादी भन्नेले हामीले बेचेको टनकपुर महाकाली लाउडा धमिजाको हिसाब पो खोज्न थाले । हाम्रो नोकर चाकरलाई मालिक बनाएर हामीलाई चाँही नोकर बनाउन खोजेकाले हामीले बाध्य भएर यो लोकतन्त्रको पर्दा च्याप्नु परेको हो । त्यही भएर सेनापतिको अवकाश मैले रोकिबक्सेको छु । बास्तवमा हामी शोषणकारी वर्गलाई रक्षा गर्ने सेना गरिबहरुको सुरक्षा गर्ने भयो भने त हामी खत्तम भैहाल्छौं नी । त्यसै भएर हाम्रो मालिक श्री मनमोहनिसंहको आदेशमा हामी श्री रामवरण श्री गिरिजा श्री माधव नेपाल श्री केपी ओलीहरु मिलेर हरुवा चरुवा ज्यामीहरुको नेता प्रचण्डको सरकारलाई षड्यन्त्र गरेर हटायौं । अब हामी काले-काले मिलेर खाउँ भाले भनेर लागिबक्सेका छौं । तर यो नाथे माओवादीलाई तिमेरुको कुबुद्धिले संविधानसभाका ठूलो बनाएकोले हामीलाई गाह्रो भइरहेको छ । अहिले हामी उनीहरुलाई जंगल नपठाई हाम्रो लुटको राज्य स्थापित गर्न समस्या भएको छ । त्यसैले सारा देशी विदेशी शक्ति लगाएर कान्तिपुर एभिन्यूज इमेज सगरमाथा जस्ता टिभी च्यानल र कान्तिपुर नागरिक राजधानी अन्नपूर्ण पोष्ट समचारपत्र लगायत पत्रिकाबाट कुप्रचार गरेर तिनीहरुलाई जंगलतिर खेद्न खोज्दै छौं । भरखरै तिमी नाथे जनताले टिभीमा एउटा भाषण पनि हेर् यौ होला वास्तवमा त्यो चाँही हामीले हाम्रो गुमेको सत्ता फेरि कब्जा गर्नका लागि ठूलो प्रचार गरिबक्सेका छौं । वास्तवमा भर्खरै लोकतन्त्र आएकोले मेरो गुरु ज्ञानेन्द्रले जस्तै सिधै ुकु गर्न नमिलेकोले हामीले प्रचण्डको पुरानो टेप खोजेर हाम्रै चारो खाने टिभीहरुबाट भ्रम दिन कोशीश गरिबक्सेका छौं । हामीले ुकु गरेर हाम्रो सत्ताकब्जा गर्ने योजना मात्र बनाईबक्सेका छौं । अनि जनतामाथि घोडा चढ्ने कोशीश गरिबक्सेका छौं । त्यो भएर प्यारा देशवासीहरु तिमीहरुले आन्दोलन-सान्दोलन नगर्नुहोला यदि जुलुश-शुलुश गर्न खोज्यौंभने हामी त खत्तम भइहाल्छु नी । मैले श्री ज्ञानेन्द्र गुरुको सल्लाहमा उनका सहयोगी कटवालहरुलाई गोली हान्न निर्देशन दिनु नपरोस् । त्यहि भएर सम्पूर्ण देशवासीहरुलाई मैले जे गरे पनि शान्त भएर बस्न अनुरोध गरिबक्सेको छु ।
श्री मनमोहनिसंहले तिमेरुको कुभलो गरो
जय भारत जय नेपाल
हामी राष्ट्रपति श्री ५ रामबरण यादव-राष्ट्रपति डा।
सकैलाई पेच परेमा माफी चाहान्छु
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।