Monday, June 15, 2009

बोक्सीको आरोपमा निर्घात कुटपिट

यहाँ स्थित गौरीगाज-५ सुकुम्बासी वस्तीकी एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपीट गरि दुव्र्याबहार गरिएको छ । गएको दुई साता अगाडी राधा गीरी माथि बोक्सी लमगेर उनको मृत्यु भएका र फेरी स्थानिय पुस्पा शर्मालाई बोक्सी लागी काम्न थालेको आरोपमा स्थानिय ५५ वर्षीय अाजीला देवी महतोलाई पुष्पा शर्मा पार्वर्ती शर्मा लगायतको दर्जनको समुहले दिशा खुवाई सोमबार राती निर्घात कुटपीट गरेको इलाका प्रहरी कार्यालय गौरगाजले जानकारी दिएको छ । कुटपीट पछी सत्त घाईते महतोको स्थानिय क्लिनिकमा उपचार भइरहेको जनाइएको छ । उत्त घटनामा संलगन पुष्पा पार्वती सहीत अन्द दश जनालाई प्रहरीले पक्राउ गरिसकेको बताईएको छ । यस्तो कार्यम संलग्नलाई मुलुकी ऐन अदल महल नम्बर १० ख बमोजीम ३ महिना देखि २ वर्ष सम्म कैद र नगद ५ हजार सम्म जरिवान गर्न सकिने प्रवधान रहेको छ । महतोमाथि दुव्र्यावहारमा संलग्न भएको अरोपमा पक्राग गरिएकोलाई सो कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।