Sunday, June 21, 2009

धम्कि दिदै चन्दामा संकलनमा संलग्न पक्राउ

वभिन्न भूमिगत संगठनहरुको नाममा बिगत लामो समयदेखि चन्दा आतंकमा संलग्न एक युवालाई योङ कम्यूनिष्ट लिगले पक्राउ गरि प्रहरीलाई बुझाएका छन । इलाम फुएतप्पा-९ का घर भई बिगत केही वर्ष यता दमकमा बसोबास गदै आएका प्रकाश ढकाललाई दुई दिन अगाडी वाई।सि।एल झापा क्षेत्र नं। ७ का कार्यकताले पक्राउ गरेर आइतबार दमकमा पत्रकार सम्मेलन गरि इलाका प्रहरी कार्यालय दमकलाई बुझाएको हो । ढकालले नेपाल रेडक कम्यून पार्टीको नाम बाट झापा बुधकारे निवासी नारायण दंगाललाई रु १५ लाख त्यसरीनै दमक-७ का दिपक भट्टराईलाई पनि ज्यान मार्ने धम्कि दिदै बाराम्बार चन्दा मागिरहेको स्वीकारेका छन । भट्टराईलाई चन्दा नदिए ज्यान मार्ने धम्की दिएका कारण मानसिक समस्या भएकॊ कारण हाल काठमाण्डौम्ाा उपचार भइरहेको श्रीमती कल्पना भट्टराईले जानकारी दिनु भएको छ । पत्रकार सम्मेलनमा ढकालले कहिले माओवादी जनमोर्चा लगायत विभिन्न दश भन्दा बढी पार्टीहरुको मानमा चन्दा असुलेको स्वीकार गरेका छन । उसले केही महिना अगाडी मात्र दमकका महेन्द्र लिम्बु सग पनी रु ८० हजार नगद लिएका थिए लिएको खुलासा भएको छ । ढकालले आफु पुनरगठित माओवादी मात्रिका समुहका कार्यकर्ता समेत रहेको स्वीकार गरेका छन । अभियुत्तले यस अगाडी दमकका दर्जन भन्दा बढी ब्यापारिहरुलाई सर्वहारा मुक्तिमोर्चाको अध्यक्ष प्रकाण्ड उपनामबाट ९८०७०४२७२८ नम्बरको मेरो मोबाइलको सिम प्रयोग गरि बाराम्बार सर्वसाधार लगायत व्यापारिहरुलाई चन्दा माग्ने गरेको स्वीकारेका छन । पत्रकार सम्मेलनमा वाई।सि।एल का ७ नं इाचार्ज प्रसान्तले ढकाललाई आज भन्दा केही महिना अगाडी मात्र यस्तै कार्यमा संलग्न रहेको थाहा पाए प्रस्चात तत्काल यस्तो कार्य छाड्न भनि एक पल्ट आफ्नो संगठनले दिए पनि पुन यस्तो कार्यमा संलग्न रहेको कारण आफ्नो संगठन यस्तो कार्य गर्न बाध्य भएको बताउनु भएको छ । वाहाले आफ्नो संगठनले पुन जनकारवाही थाल्ने समेत जानकारी दिएका छन् । विभिन्न प्रकारका आरोपहरु पछी केही महिना यता मौन बसेको अवसरलाई सदुपगोय गर्दै विभिन्न प्रकारका गुण्डाहरुको समुहले दमक क्षेत्रका वातावरण धमिल्याउन खोजेको कारण अव त्यो आफ्नो संगठनलाई मान्य नहुने समेत बाताएका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।