झापा क्षेत्र नं। ७ का बिजयी सभासद विश्वदीप लिङ्देन सुरेश ने नेपाली जनताले अपेक्षा गरे अनुरुपको संविधान तोकिएको समयमा बन्न नसक्ने बताउनु भएको छ । मंगलबार झापाको दमकमा पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्ने क्रममा वहाँले हाल सदनमा देखिएको सत्ताको दुछाचुडीको कारण संविधान बनाउने कार्यलाई ओझेलमा पार्न खोजिएको भन्दै तोकिएको समयमा जनपक्षिय संविधान बन्न नसक्ने ठोकुवा गर्नु भएको हो । वहाँले भननु भयो नेपाली जनताले अस्वीकार गरेका नेताहरु सरकार चलाउने दाउमा लागेका छन् कसरी संविधान बन्नला म नबन्ने कुरामा स्पष्ट छु र नेपाली जनतालाई पनि भ्रममा नपर्न आग्रह गर्दछु । हालै सदनमा देखिएको गतिरोध अन्त्य गर्नका लागि के गर्नु पर्ला भन्ने पत्रकारहको जिज्ञासा मेट्दै वहाले नेपाली राजनितिमा देखिएका लुछाचुडीको अन्त्य भई जनपक्षिय बिचारधारा भएको युवा शत्तिहरुको एकरुपतामा मात्र यस प्रकारको गतिरोध अन्त्य हुने बताउनुभएको छ । तयसै गरि अर्को प्रसंगमा वहाँले नेपालका केही राजनैतिक पार्टीहरुको कुनै पनि प्रकारको तुक नरहेको समेत बताउनु भएको छ । प्रसंग जोड्भो जनताद्धारा अधिकार सम्मपन्न सरकाले निर्णय गरेको सेनापत्ति कारवाहीलाई भारतको दवापमा बेठीक भन्न सरकाले नेपाली जनताको भावना बुझ्न सक्दैन । भन्नु भयो यी पार्टी भनौदाहरु प्ार्टी होईनन् जनतालाई झुक्याउने नाम मात्र हो । भेटघाट कार्यक्रममा झापा क्षेत्र नं।७ लाई विकसित बनाउने उदेश्यले सरकारबाट छेटेका बजेको अलावा केही ठाउँहरुमा फि्रज हुन लागेको बजेटहरुलाई सदुपयोग गर्नको लागि यसै क्षेत्रमा ल्याएको जानकारी गराउनु हुदै त्यस कार्यलाई सफल बनाउनको लागि सबै उपभात्ताहरु समेत लाग्नको लागि आग्रह गर्नु भएको छ ।
Tuesday, June 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।