विगत लामो समयदेखि दमक-८ स्थित तारावारी शान्तिटोलमा बासोबास गर्दे आएक कुम्बासीहरुमाथि पटक पटक प्रहरी प्रसाशनले धरपकट गरिरहेको खुलासा भएको छ । सुकुम्बासी वस्तीरहेको जमिन आफ्नो भएको भन्दै स्थानिय दिवाकर अग्रवाले प्रहरी लगाई दिएको उजुरीको आधारमा बाराम्बार पक्राउ गरिरहेको खुलासा भएको हो । यसरी प्रहरीले स्थानिवासीलाई पत्रकाउ गरिरहदा स्थानिय वासीहरु त्रसित भएको सोही टोलका रवि वस्नेतले जानकारी दिनु भएको छ । उत्त सुकुम्बासी बसोबास गर्दे आएको जमिन अग्रवालको नभई ऐलानि भएको स्थानिय डिल्ली राम निरौला बाकेले जानकारी दिनु भएको छ । विना प्रमाण आफ्नो जग्गा भएको बताउदै उजुरी हालेको आधारमा प्रसासनले पक्राउ गरिरहेको कारण सो ठाउँमा बसोबास गर्न समेत समस्या भएको बताउदै स्थानियवासीहरुले अगामी दिनहरुहमा पनि यस्तो धरपकड जारी राखे ससत्त प्रतिकरामा उत्रने जनाएको छ । अग्रवालले दिएको उजुरीको आधारमा प्रहरीले ३ महिना अगाडी प्रहरी निरिक्षक गोविन्द काफ्लेको नेतृत्वमा गएको एक टोलीले स्थानिय सुकुम्बासीहरु डिल्लीराम निरौला बुद्धि प्रसाद नेपाल रवि वस्नेत नारायण नेपाल दिपक निरौला र धनबहार आचार्यलाई पक्राउ गरिपनि उजुरी कर्ता अग्रवाल भने चौकीमा उपस्थित नभए पछी पक्राउ गरिएकालाई छाडिएको जनाईएको छ । त्यसै गरि सोमबार इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक नविन कार्कीको नेतृत्वमा गएको टोलीले डिल्लीराम निरौला र बुद्धी प्रसाद नेपाललाई पक्राउ गरिएपनि स्थानियवासीको दवाप पछी प्रसासन र स्थानियवासी बिच आगामी दिनहरुमा यस वियलाई लिएर कनै पनि प्रकारका धरपकड नगर्ने सर्तमा रिहा गरिएको थियो ।
Monday, June 15, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।