Sunday, June 7, 2009

पत्रकार आक्रमणको निन्दा

समाचार संकलनको क्रममा झापाको गौराद पुगेका जनविद्रोह दैनिकका प्रधान सम्पादक तथा क्रान्तिकारी पत्रकार संघ नेपाल का केन्द्रीय सदस्य बिवेक गौतम माथि भएको आक्रमणको झापाको विभिन्न संाचार सस्थाहरुले आइतबार विज्ञप्ती मार्फत भस्रना गरेका छन । पत्रकार माच दमकका अध्यक्ष चेतन अधिकारी र सचिव दिपेन वाल राईद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा पत्रकारहरु माथि चौतर्फी आक्रमणभ भइरहदा पनि प्रशासन मौन रहदै आएकोले पत्रकारहरुको दिनानु दिन हत्या भइहरको प्रशासन निरिह रहेको ठहर गरेको उल्लेख गरिएको छ ।विज्ञप्तीमा समाचार संकलन गर्न गएका पत्रकार गौतमलाई आक्रमण गरिदा गौतले प्रयोग गरेको ना ८ प ६९५३ नम्बरको बजाज कम्पनिको डिस्कवर मोटरसाईकल स्थानिय युथफोस्रका कार्यकर्ताले जलाएर नष्ट गरिदिनुको साथै गौतमको साथमा रहेको सोनी कम्पनीको डिजीटल क्यामेरा र साथमा रहेको नगद ३ हजार समेत लुटिएकोले उत्त बस्तुहरुको क्ष्यती पूर्ती तत्काल उपलब्ध गराइदिनको लागी प्रशासन संग माग गरिएको छ । पत्रकारहरु माथि यसरिनै आक्रमण गरिरहनु र प्रशासान मौन रहनुले सबै पत्रकारहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखा क्राीन्तकारी पत्रकार संघ झापा क्रान्तिकारी पत्रकार संघ माई पश्चिक झापा सामाजिक न्याको लागि साचार समुह किरात राई पत्रकार संघ संघिय लिम्बूवान पत्रकार परिषद लगायतले बिज्ञप्ती जारी गरि पत्रकार गौतमलाई तत्काल क्ष्यतीपूर्ती उपलब्ध राउन माग गरेको छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।