Wednesday, July 15, 2009

विधवालाई बिहे गरे आधा लाख, दलितलाई गरे एक लाख पाइने

दलित र गैर दलितबीचको अन्तरजातीय बिहेलाई प्रोत्साहन दिने नीति सरकारले लिएको छ। त्यस अनुसार अब कुनै गैर दलितले दलितलाई बिहे गरे भने १ लाख रुपैयाँ सरकारले दिनेछ। त्यो रकम पाउनलाई बिहे भने जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ रे है। नत्र पाइन्न रे।- विधवा बिहेलाई पनि प्रोत्साहन दिने नीति सरकारले लिएको छ। विधवा बिहे गर्ने हो भने आधा लाख अर्थात् ५० हजार रुपैयाँ पाइनेछ। तर त्यो रकम पाउन सीडीओ कार्यालयमा बिहे दर्ता गर्नुपर्छ।
तपाईँले दलितलाई बिहे गरेको होस् वा विधवालाई रकम पाउन ३० दिनसम्म कुर्नुपर्ने हुनसक्छ। हेरौँ, सरकारको यो नीतिपछि यस्ता विवाह कति हुने हुन्। र, यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो असर पार्ने हो।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।