Thursday, August 6, 2009

बन्दका कारण जनजिवन प्रधावित

सरकाले लागु गरेको विशेष सुरक्षा नितिको विरोध गदै लिम्बूवान प्रान्तिय परिषदले गरेको बन्दका कारण पुर्वका जनजिवन प्रभावित बनेको छ । आफ्नो पार्टी लिम्बूवान प्रन्त प्रप्तीको लागि संघर्ष गरिरहेको भएता पनि सरकारले लिम्बूवान आन्दोलनलाई निस्तेज पार्नको लागि यस प्रकारको सुरक्षा निति ल्याउन लागेको परिषदले जानकारी दिएको छ । साथै सन १८३१ मा नेपाल र लिम्बूवान बिच भएको सन्धिलाई बेवास्था गरेर सरकाले लिम्बूवानलाई झनै राजनैतिक गर्न समेत रोक लगाउन थालेको भन्दै त्यसको विरुद्धमा आफुहरु आन्दोलनको कार्यक्रम लिएर आउन बाध्य भएको परिषदको भनाइ रहेको छ । परिषदको बन्दका कारण पूर्वका कनै पनि जिल्लाहरुमा बिहानै सवारी साधनहरु चल्न सकेको छैन भने अतिआवश्यक एम्बुले दमकल लगायतका साधनहरु भने चलेको छ । भने पसलहरु भ्ने पूर्ण रुपमा बन्द भएको छ । त्यसै गरि सोही सन्धिको स्मण गराउने उदेश्यले माय सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले अरुण पूर्वका ९ वटै सि।डि।ओ। कार्यलयमा स्मरण पत्र सहित ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र सहित सोही सन्धि बखतको लाल मोहर तामापत्र लगायतका प्रमाणहरु समेत बुझाइएको माचले जनाएइको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।