Thursday, August 6, 2009

पुन निमार्ण नहुदा गाविस भवन जिर्ण बन्दै

ससस्त्र जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले आगजानी गरी क्ष्यती पुर्याएको मोरङको मधुमल्ला गाविस भवन मर्मत हुन नसक्दा जिर्ण बन्दै गएको छ । शान्ति प्रकृया पछि पनि ग्रस्त भवनको मर्मत हुन नसक्दा जिर्ण बन्दै गएको हो । यसरी भवन प्रयोग हुन नसक्दा गा।वि।स। मधुमल्ला स्थास्थ चौकीको भवनमा महंगो भाडा तिरेर बस्न बाध्य भइको छ । भने स्वास्थय चौकीले करिव ४ दशक अगाडीको पुरानो भवनमा आफ्नो कार्य साचालन गर्नु पर्दा सो गाविसका वासिहरु समस्यामा परेका छन । सरकारको ढिला सुस्तीको कारण मर्मत गरेर भए पनि साचालनमा ल्याउन सकनिे भवन केही वर्ष अगाडी देखि पुन निमार्ण गर्नु पर्ने अवस्थामा पुगेको तत्कालि गाविस सचिव चन्द्र प्रसाद पराजुलीकोको भनाई रहेको छ । पराजुली भन्नु हुन्छ पुन निमार्णको लागि एक करोडको सरक अवस्यक पर्छ तर सरकारले दुई वर्ष भयो ३० खालको दरले मात्र रकम निकासी गरिरेको कारण हामिले त्यो कुनै रकम लिन मानेको छैनै । गाविसले हाल स्वास्थ्य चौकीको सानो भवनमा आफ्नौ दैनिक काम कारवाहीहरु साचालन गर्दै आएको छ । यसरी सागुरो कोठामा एउटा गाविस नै अटर बस्नु पर्दा काम गर्न अत्यान्तै असरहज भएको कारण आफुले चाहेजति जनताहरुको काम गर्न नसकिने र ढिला सुस्ती बढी हुने गरेको गाविसरका कार्मचारिहरुको समस्या रहेको जनाइन्छ । २ हजार २० सालमा स्थापना गरिएको उत्त दुई तलाको भवनमा जम्म १० वटा कोठा रहे पनि हाल भवनको तल्लो तलको एक कोठा मात्र बल्ल तल्ल दुखले प्रयोग गरिरहेको सचिव पराजुलीको जानकारी दिनु हुन्छ । अन्य ९ कोठा प्रयोग विहिन अवस्थामा रहेको छ । माओवानीले आफ्नो आन्दोलनको क्रममा २०६० सालमा आगजानि गरे थियो । आगजानिको क्रममा सबै कोठाहरुको झ्याल र ठोकाहरु जलेर नष्ट भएको छ भने अन्य ठाउँहरुमा खासै असर पुगेको छैन ।सरकारले द्धन्दको समयमा क्ष्यति पुगेका अन्य स्थानहरुको सबै भौतिक संरचनाहरुको मर्मत तथा पुन निमार्ण गरिरहदा हाल सम्म पनिे मधुमल्ला गा।वि।स भवनलाई पुन निमार्ण तथा मर्मत नगरिदा आफुहरुलाई वेवास्ता गरिएको स्थानियवासी महेन्द्र राईको भनाई रहेको छ । भवनको मर्मत र पुन निमार्णको लागि स्थानियवासीहरुले बाराम्बार माग गरिरहदा पनि सरकारले वेवस्था गरिरहेको कारण उत्त विसाल भवन जिर्ण बन्दै गइरहेमा दिन दिनै स्थानियवासिहरु चिन्तित बन्दै गइरहेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।