Thursday, August 20, 2009

प्रयोग भएन आइरन चक्की

गर्भवती महिलाहरुले खाने आइरन चक्की इलाममा लक्ष्य अनुरुप प्रयोग नभएको पाइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्कमा १२ हजार तीन सय ३० गर्भवती महिलालाई आर्थिक वर्ष ०६५÷०६६ मा शक्तिबर्धक आइरन चक्की खुवाउने लक्ष्य राखेको थियो । लक्ष्य अनुरुप आइरन चक्कीको प्रयोग कार्यक्रम प्रभावकारी नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गर्भवती महिलालाई बढी आइरन चाहिने भएकाले यो कार्यक्रम ल्याइएपनि ५० प्रतिशतले पनि प्रयोग नगरेको पाइएको हो । गर्भवती भएको तीन महिना पछि दुई सय २५दिन नियमित रुपमा खानुपर्ने आइरन चक्की जनचेतनाको अभावका कारण प्रयोगमा कमी भएको जनस्वास्थ्य कार्यलयका अमर बस्नेतले बताए । यसैगरी इलामका ६३ हजार प्रजनन् उमेरका विवाहित महिलाहरु भएपनि ४७ प्रतिशत महिलाले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ । कम उमेरमा विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग नगरेका कारण आमा र बच्चाको ज्यान खतरामा पर्ने गरेको जनस्वास्थ्य कार्यलयको लथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।