Thursday, August 20, 2009

राहादानि वापत २ करोड राजस्व

जिल्ला प्रशासन कार्यालय इलाममा आर्थिक बर्ष ०५६÷०६६ मा राहदानी वित्तरणबाट २ करोड ६९ लाख ५२ हजार ८ सय रुपैया राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०६४÷०६५ मा ३ करोड २७ लाख रुपैया राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षदेखि राहदानी वित्तरणमा कमी आएको प्रशासनले जनाएको छ । विश्वमा देखिएको आर्थिक मन्दिका कारणले विदेशीएका कामदारहरु खाडी मूलुकबाट धमाधम फर्काउन थालेपछि राहदानी बनाउनेको संख्यामा कमी आएको राहदानी फाँटका नायब सुब्बा केशर मह्त बताउँछन् । राहदानी बनाउनेमा महिलाको संख्यामा निकै बुद्धि हुँदै आएको छ । गत आवमा ५ हजार ३ सय ९२ जनाले राहदानी लिएको मध्ये ८ सय २३ महिला रहेका छन् । हालसम्मा इलामबाट ४० हजार भन्दा बढीले राहदानी लिइसकेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्ष ०६२÷०६३ मा ३ हजार ८ सय ६१ जना ०६४÷०६५ मा ६ हजार ५४ जनाले राहदानी बनाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।