Thursday, August 20, 2009

सडकहरुमा बाढी चार दिन बाट यातयात ठप्प

झापाका दर्जन भन्दा बढी ग्रामिण सडकहरु ब्ाढिका कारण राजमार्ग संग जोडिन नसक्दा स्थानियवासिहरु दिनानु समस्यामा पर्दै गएका छन । लगातारको वर्षा संगै साना खोलाहरुमा आएको बाढी सडका प्रवेस गरेपछी राजमार्ग संग जोडिएका दक्षिणी क्षेत्रका कोरोवारी-माहाभारादुधे-कुाजीवारी पाचँगाछी-बैगुन्धुरा कोहवरा-दमक सडक खण्ड पूर्ण अरुद्ध हुदाँ सो क्षेत्रका वासीहरु समस्यामा पर्दै गएका माहावारा गाविसका पूर्व सचिव बिजय अग्रवालले जानकारी दिनुभएको छ । यातायात अवरुद्ध दुदा सो क्षेत्रका वासीहरुले दैनिक उपभोगय सामाग्री समेत खरिद गर्न नपाउदा समस्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । भने आपत्कालीन अवस्थामा कोही विरामी भए पनि उपचारको लागि कुनै ठाउ लैजान नसकिने अवस्थामा रहेको माहावाराका कृष्ण पौडेलले जानकारी दिनु भएको छ । सडकहरुमा दैनिक दर्जनौ सवारी साधनहरु चल्ने गरे पनि वर्षा संगै आएको बाढी सडकहरुमा प्रवेस गरेपनि केही दिन यता चल्न छाडेको इलाका प्रहरी कार्याल गौरिगाजले जानकारी एिको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।