खोरेत रोगका कारण झापाका एक हजार भन्दा बढी चौपाया बिरामी परेका छन । जिल्ला पशुसेवा कार्यालय झापाका अनुसार पथरिया राजगढ बुधबारे अनारमनी कुमरखोद महाभारा भद्रपुर र शनिश्चरेमा यो रोग देखा परेको हो । खारेत रोगका कारण पशुमा खाने अँगमा घाउ हुने र् याल काड्ने तथा ज्वरो आउने लगायतका लक्षण देखिने गरेको पशु प्राबिधिक यामबहादुर लिम्बुले बताउनुभयो । यो रोगको उपचार नभएपनि रोकथामका लागी बिभिन्न पशु सेवा कार्यालय मार्फत फिटकीरी पोटास औषधी बितरण गरिएको छ । कार्यालयका प्रमुख डाक्टर दिलिप सापकोटाले खारेत रोगको कुनै निश्चीत औषधी नभएपनि भ्यासिनको माध्यमबाट रोग नियन्त्रण गर्न सकिने बताउनुभयो ।जिल्लामा अघिल्लो बर्षहरुमा न्युन शुल्कमा भ्याक्सीन बितरण गरिएपनि कृषकहरुले नै भ्याक्सीन लगाउन नचाहेपछी कार्यालयले भ्याक्सीन बितरण गरेको थिएन ।खारेतका कारण केही दिन अघि झापाको महाभारा ३मा एक कृषकका २ गाई मरेका थिए । खोरेतले जिल्लाका बिभिन्न गाबिसहरुमा बाख्रा पनि मर्ने गरेको महाभराका पशु प्राबिधिक टिकाराम पौडेलले् बताउनुभयो ।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।