Monday, August 24, 2009

अपुष्ट समाचार बाट जनता भयवित

सिला काफ्ले
बिराटनगर ÷मोरङको सिमावर्ती भारतीय वजार फारविसगाजमा स्वायनफलुका रोगी फेला परेको अपुष्ट समाचार सार्वजनिक भएपछि विराटनगर आसपासका जनता भयभित वनेका छन । विहारको अररिया जिल्ला अन्र्तगतको विराटनगर देखि मात्र ३० किमि वरावरको दुरिमा रहेको उक्त वजारमा घर भै दक्षिण भारतको पुणेमा अध्यनरत विध्यार्थी नीतीश नन्दन माथि स्वायनफुलुको लक्षण देखिएको समाचार सार्वजनिक भएको हो । सामान्य विरामी भएर आरामका लागि घर आएका उनलाइ स्वास्थ्य परिक्षण गराउनेक्रममा स्वायनफलु भएको स्थानिय चिकित्सकले वताएका थिए । स्थानिय भारतीय साचार माध्यमहरुको हवाला दिदै उक्त समाचारलाई विराटनगरवाट प्रकाशित उदघोष दैनिकले सार्वजनिक गरेअनुसार विरामीवारे थप वुझन विहार राज्यको राजधानी पटना पठाइएको जनाइएको छ । पुर्णरिर्पोट भने आइनसकेको वताइएको छ । छिमेकि देश भारतका विभिन्न राज्यहरुमा स्वायनफलुको सक्रमण फैलिरहेपनि मोरङमाचाँहि अझैसम्म स्वायनफुलुको लक्षण पाइनसकेको दावी मोरङका स्वास्थ्य अधिकारिहरुको दावी छ । जिल्लाजनस्वास्थय प्रमुख दिनेश कुमार चापागाइले सिमावर्ती जोगवनी नाकामा चेकजाँच टोली राखिएको र स्वायनफुलुका सक्रमितहरु फेलापरिहाले तत्काल सुविधासम्पन्न अस्पतालमा पठाउने समेत व्यावस्था रहेकोले भयभीतहुनुपर्ने अवस्थानरहेको जानकारि गराउनुभयो । भारतको महाराष्ट्र कर्णाटक गुजरात तमिलनाडु केरला दिल्ली लगायतका राज्यमा स्वायनफलु फैलिएपछि ५७ जनाको मृत्यू भैसकेको भारतीय साचार माध्यमहरुले जनाएका छन । खुल्ला सिमाना र भारतीय क्षेत्रह्रुमा नेपालीहरुको वसोवास र आवतजावतले स्वायनफलु नेपाल भित्रन लागिसेको भन्दै स्थानियवासि भयभीत वनेका हुन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।